ad ad

राजनीति


सिट बाँडफाँटको कार्यदल संयोजकमा सिटौला

सिट बाँडफाँटको कार्यदल संयोजकमा सिटौला

नेपालखबर
साउन २३, २०७९ सोमबार १८:४, काठमाडौँ

सत्तारुढ गठबन्धनको सिट संख्या बाँडफाँटका लागि बनेको कार्यदलको संयोजकमा नेपाली कांग्रेसका कृष्ण सिटौला चयन भएका छन्। 

सोमबार दिउँसो बसेको ११ सदस्यीय कार्यदलको बैठकले सिटौलालाई संयोजक चयन गर्दै सबै पार्टीमा छलफल गरेर आगामी बैठकमा आआफ्ना दाबी पेस गर्ने निर्णय गरेको बैठकमा सहभागी एक नेताले बताए। 

‘आजको बैठकमा प्रारम्भिक छलफल भयो। कार्यदलको संयोजकमा कृष्ण सिटौलालाई चयन गरियो’, एक नेताले भने, ‘कुन विधिमा जाने र कसरी जाने भन्नेबारे केही सुझाव प्राप्त भएका छन्। त्यहीअनुसार जान्छौँ।’

बैठकमा स्थानीय तहमा जस्तो कहीँ गठबन्धन त कहीँ नगरी सबैतिर एकसाथ गठबन्धनअनुसार नै जाने सहमति बनेको ती नेताले बताए। 

‘स्थानीय तह निर्वाचनमा जस्तो नगरी यसपालिको गठबन्धन सबैतिर एकसाथ गर्ने समझदारी बनेको छ।’, ती नेताले भने, ‘सिट संख्याका विषयमा पार्टीभित्र छलफल गरेर अर्को बैठक २६ गते ४ बजे बस्ने र त्यहीँ पेस गर्ने भन्ने भएको छ।’ 

बैठकमा सहभागी अर्का एक नेताका अनुसार गठबन्धनका पाँचै दल सिटसंख्याको विषयमा लचक हुने समझदारी बनेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .