ad ad

राजनीति


मेरा घर अघिल्तिर देउवा सरकारले चारजना गुप्तचर खटाएको छ : ओली

मेरा घर अघिल्तिर देउवा सरकारले चारजना गुप्तचर खटाएको छ : ओली

नेपालखबर
साउन १९, २०७९ बिहिबार २३:२४, काठमाडौँ

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले आफ्नो घर अघिल्तिर चार जना गुप्तचर परिचालन गरेको दाबी गरेका छन्।

विभिन्न विदेशी र नेपाली सञ्चारमाध्यमका पत्रकारसँग बिहीबार भएको अन्तरक्रियामा एमाले अध्यक्ष ओलीले त्यस्तो आरोप लगाएका हुन्। 

‘नागरिकको वैयक्तिक जीवनमै हस्तक्षेप गर्ने? अहिले सरकारले जनताको फोन नै ट्यापिङ् गरिरहेको छ। यस्तो गर्न मिल्छ?’ उनले थपे ‘हेर्नुस् मेरो घर अघिल्तिर चार जना गुप्तचर राखेको छ सरकारले। राज्य संयन्त्रले मेरा विरुद्ध गुप्तचर नै परिचालन गरेको छ। यसरी ब्ल्याकमेलिङ् गर्ने? ब्ल्याकमेलर सरकार होइन त यो?’ 

अर्थमन्त्री जनार्दन शर्मालाई पुनः अर्थमन्त्री बनाएकोमा उनले सरकारको चर्को विरोध गरे। भने, ‘बजेट बनाउन अनधिकृत व्यक्तिलाई प्रवेश गराएकालाई फेरि मन्त्री बनाउने? प्रतिपक्षी को हो चिन्दिन भन्ने निर्लज्जलाई किन ल्याएको? सत्तामा अरु कोही थिएन मन्त्री हुन योग्य? लाजमर्दो। सिसिटिभी फुटेज मेटाउने? वास्तवमा लाज पनि लजाएको छ, यो सरकार देखेर।’ 

छानबिन समितिमा रहेका सत्तापक्षवालाले कल डिटेल हेर्न नदिएको तथा प्रहरीको फरेन्सिक ल्याब परीक्षण पनि विश्वसनीय नरहेको उनको भनाई थियो।

सत्तापक्षको निर्देशित एजेन्डामा शर्मामाथि छानबिन टुंगिएको उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .