ad ad

राजनीति


संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव, महिलाले मागे प्रत्यक्षमा आधा सिट

संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव, महिलाले मागे प्रत्यक्षमा आधा सिट

नेपालखबर
साउन १६, २०७९ सोमबार १९:४७, काठमाडौँ

प्रत्यक्ष निर्वाचनमा महिलालाई ५० प्रतिशत सिट छुट्याउन माग गर्दै महिला सांसदहरुले संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेका छन्। 

विभिन्न दलका १२ जना महिला सांसदले सोमबार संसद सचिवालयमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेका हुन्। 

निर्वाचन सम्बन्धी कानुनलाई संविधानसम्मत बनाउन निर्देशन दिने सम्बन्धमा प्रतिनिधि सभामा जरूरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गरिएको सो प्रस्तावमा जनाइएको छ।

प्रतिनिधि सभा सदस्य अमृता थापा मगर प्रस्तावक र लक्ष्मी परियार, लक्ष्मी कुमारी चौधरी, चन्दा चौधरी, रंगमति शाही, बिना बुढाथोकी, लीलादेवी सिटौला, दुर्गा पौडेल, रेखा शर्मा, यशोदा गुरूङ सुवेदी, रेनुका गुरूङ र प्रमिला राई समर्थक रहेका छन्।

सो जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गर्नुको दुईवटा उद्देश्य उल्लेख छ।

ती उद्देश्य यस्ता छन् : 

१) संघीय संसदको प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो हुने निर्वाचन प्रणाली अन्तरगत उम्मेदवारी दिँदा प्रत्येक दलले जनसंख्याको आधारमा समानुपातिक समावेशी प्रतिनिधित्व बमोजिम महिला उम्मेदवारी दिनुपर्नेछ।  

२) स्थानीय तहको निर्वाचनमा प्रमुख अध्यक्ष, उपप्रमुख उपाध्यक्ष, वडाध्यक्ष, जिसस प्रमुख र उपप्रमुखमा हरेक दलले कम्तिमा पचास प्रतिशत महिला उम्मेदवारी दिनुपर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .