ad ad

राजनीति


माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगन

माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगन

फाइल तस्बिर


नेपालखबर
साउन १५, २०७९ आइतबार १३:३४, काठमाडौँ

आज (आइतबार) बस्ने भनिएको नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगन गरिएको छ। दिउँसो ३ बजेका लागि बोलाइएको बैठक अन्तिम समयमा आएर राेकिएको हो। 

माओवादी केन्द्र स्थायी कमिटी सदस्य लीलामणि पोखरेलका अनुसार अर्को बैठकको मितिबारे जानकारी गराइएको छैन। 

पेरिसडाँडामा आह्वान गरिएको बैठकमा पदाधिकारी चयन र जनार्दन शर्मालाई पुनः अर्थमन्त्री बनाउने निर्णयको औपचारिक जानकारी गराउने बताइएको थियो।

अर्थमा शर्मालाई फिर्ता पठाउने निर्णय भइसकेको छ। उनलाई आजै साँझ राष्ट्रपति विद्यादेवी भण्डारी शपथ खुवाउनेछिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .