ad ad

राजनीति


मैले ज्ञानेन्द्र छाडेर गद्दी सीधै नातिमा जाने कुरा गरेको छैन : रवीन्द्र मिश्र

मैले ज्ञानेन्द्र छाडेर गद्दी सीधै नातिमा जाने कुरा गरेको छैन : रवीन्द्र मिश्र

नेपालखबर
साउन १५, २०७९ आइतबार ७:३१, काठमाडौँ

पूर्वपत्रकार एवं विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्रले पूर्वराजा ज्ञानेन्द्रका नाति हृदयेन्द्र शाहलाई आफूले एकदिन राजाका रूपमा देख्न चाहेको भनेपछि तरंग छाएको छ। 

‘विचारभन्दा माथि देश’ दस्तावेज लेखेयता अप्रत्यक्ष रूपमा राजतन्त्र पुनःस्थापनाका पक्षमा वकालत गरिरहेका मिश्रले शनिबार पूर्वयुवराज पारस शाहका छोरा हृदयेन्द्रलाई २१औं जन्मदिनको शुभकामना दिँदै एकदिन उनी राजा भएको हेर्ने इच्छा व्यक्त गरेपछि सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ। 

एक जना ट्विटर प्रयोगकर्ताले १४ वर्षअघि गिरिजा प्रसादले बेबी किङको प्रस्ताव गर्दा पूर्वराजा ज्ञानेन्द्र मान्दै नमानेको प्रसंग स्मरण गराउँदै मिश्रचाहिँ उनलाई यसमा राजी गराउन सफल भए क्यारे भनेर व्यंग्य गरेका छन्। 

यसमा जवाफ लेख्दै मिश्रले आफूले पूर्वराजा ज्ञानेन्द्रलाई छाडेर सीधै गद्दी नातिमा जाने कुरा नगरेको स्पष्टीकरण दिएका छन्।  

हेर्नुहोस् ट्विट–

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .