ad ad

राजनीति


‘गठबन्धन चुनावपछिसम्म जान्छ, तर कांग्रेसको एकलौटी मान्दैनौँ’

‘गठबन्धन चुनावपछिसम्म जान्छ, तर कांग्रेसको एकलौटी मान्दैनौँ’

नेपालखबर
साउन १३, २०७९ शुक्रबार १७:१३, काठमाडौँ

नेकपा मा‌ओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पाँच दलीय गठबन्धन चुनावसम्मै जाने बताएका छन्। 

प्रेस सेन्टर नेपालको दोस्रो पूर्ण बैठकलाई शुक्रबार सम्बोधनका क्रममा दाहालले यसो भनेका हुन्। 'यो गठबन्धन यो चुनावमा मात्रै होइन, पछिसम्म जान्छ। यही गठबन्धनले शान्ति प्रकृया टुंगो लगाउँछ', उनले भने, 'स्थानीय निर्वाचनको परिणाम राम्रो आएको छैन। कसैले एकलौटी गर्नु जरुरी छैन। त्यसमा काङ्ग्रेस पनि अलिक तयार हुनुपर्छ।'

दाहालले फरक प्रसंगमा मध्यपहाडी लोक मार्ग र उत्तर-दक्षिण करिडोर निर्माणको खाका र बजेट माओवादी नेतृत्वको पहिलो सरकारले गरेको बताए। 'तर यसको चर्चा भएन', उनले भने, 'मेरो नेतृत्वको सरकारले भ्रष्टाचार गरेको  थिएन।' 

उनले अमेरिकी सैन्य कार्यक्रमम एसपीपीबारे अमेरिकालाई आजै पत्र गइसकेको पनि जिकिर गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .