सर्वोच्च अदालतले संवैधानिक निकायमा गरिएको नियुक्तिबारे कारण देखाउ आदेश जारी गरेको छ।
कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीश हरिकृष्ण कार्की, विश्वम्भर प्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराईको संवैधानिक इजलासले शुक्रबार कारण देखाउ आदेश जारी गरेको हो।
‘यस इजलासको पूर्वआदेश बमोजिम सुरुको रिट निवेदन तथा पुरक निवेदनहरूमा उल्लेख गरिए अनुसारका विभिन्न संवैधानिक निकायहरुका नाममा कारण देखाउ आदेश जारी गरी पठाएको देखिएन’ आदेशमा भनिएको छ, ‘तसर्थ रिट निवेदन (पुरक निवेदन समेत) मा प्रत्यर्थीको रुपमा उल्लेख गरिएका सबै संवैधानिक निकायहरुका नाममा (प्रत्यर्थीको रुपमा ०७७/६/१३ मा उल्लेखित संवैधानिक निकायहरुका नाममा) ‘यसमा के कसो भएको हो? रिट निवेदकको माग बमोजिमको आदेश किन जारी गर्नु नपर्ने हो? सो सम्बन्धी आधार, कारण र प्रमाण समेत भए खुलाई म्याद सूचना प्राप्त भएका मितिले सर्वोच्च अदालत (संवैधानिक इजलास सञ्चालन) नियमावली, २०७२ को नियम १९(१) बमोजिम बाटोको म्याद बाहेक ७ दिनभित्र महान्यायाधिवक्ताको कार्यालय मार्फत लिखित जवाफ पेश गर्नू भनी यो आदेश र रिट निवेदनको प्रतिलिपि समेत साथै राखी प्रत्यर्थीहरुका नाममा म्याद सूचना जारी गरी कानूनी रीतपूर्वक तामेल गराउनू।’
Shares
प्रतिक्रिया