ad ad

राजनीति


‘पावर बेस’ राजनीति बढेकाले दलप्रति निराशा बढ्याे : नेता सिंह

‘पावर बेस’ राजनीति बढेकाले दलप्रति निराशा बढ्याे : नेता  सिंह

नेपालखबर
साउन १३, २०७९ शुक्रबार १०:२२, काठमाडौँ

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले ‘पावर बेस’ राजनीति अगाडि बढेकाले राजनीतिक दलप्रति निराशा बढेको बताएका छन्। 

कांग्रेस काठमाडौँ महानगरपालिका–१० ले शुक्रबार बिहान आयोजना गरेको छलफल कार्यक्रममा उनले मूल्य–मान्यताको राजनीति अन्त्य भएकाले दलप्रति निराशा बढेको बताएका हुन्।

२०४६ पछि आएको राजनीतिक परिवर्तनलाई  संस्थागत गर्ने प्रयास सुरु हुनै लाग्दा कृष्णप्रसाद भट्टराईलाई २०४८ को चुनाव हराउनुले मुलुक गलत बाटोमा अघि बढेर आज दुरवस्थामा पुगेको सिंहको भनाइ थियो।

अझै पनि प्राप्त उपलब्धिमाथि चौतर्फी प्रहार भइरहेको भन्दै उनले मुलुक सामु गम्भीर चुनौतीहरु देखा परिरहेको समेत बताए। राजनीतिक दलहरु विधि–पद्दति छाडेर स्वार्थ उन्मुख भएकाले झन चुनौती थपिएको भन्दै सिंहले दलहरूकाे कार्यशैली सच्चिनु पर्नेमा जोड दिए। 

प्राप्त उपलब्धीहरु संस्थागत गर्दै अगाडि बढ्नुको विकल्प नरहेको जिकिर गर्दै उनले दलहरु  जिम्मेवार बनेर आगामी चुनौतीको सामना गर्न पर्नेमा जोड दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .