राजनीति


पाँच दिने भ्रमणमा जापान जाँदै प्रचण्ड

पाँच दिने भ्रमणमा जापान जाँदै प्रचण्ड

फाइल फोटो


नेपालखबर
साउन १०, २०७९ मंगलबार १३:१५, काठमाडौँ

सत्तारुढ नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पाँच दिन लामो भ्रमणका लागि जापान जाने भएका छन्।

नेकपा माओवादी केन्द्रनिकट नेपाली जनप्रगतिशील मञ्चको कार्यक्रममा भाग लिन प्रचण्ड आगामी साउन २१ गते जापान जान लागेका हुन्। 

उनको सचिवालयका अनुसार भ्रमण दलमा प्रचण्डसहित चारजना हुनेछन्। सचिवालयका अनुसार भ्रमणका क्रममा प्रचण्डले त्यहाँस्थित प्रवासी नेपालीहरुसँग पनि अन्तरक्रिया गर्ने भएका छन्। 

उनले साउन २३ गते जनप्रगतिशील मञ्चको अन्तरक्रियामा भाग लिने भएका छन्। त्यसपछि त्यसपछि जापानमा रहेका प्रवासी माओवादीको संगठनका सदस्यहरुसँग छलफल गर्ने भएका छन्। 

उनले प्रवासी नेपालीहरुसँग पनि भेटघाट गर्ने सचिवालयले जनाएको छ।

त्यसपछि प्रचण्डले जापानको विकासबारे अध्ययन गर्ने भएका छन्। त्यस्तै कृषिमा जापानले भित्र्याएको नयाँ प्रविधिको पनि उनले अवलोकन गर्ने कार्यक्रम छ।

प्रचण्डको सचिवालयले जापान भ्रमणका क्रममा त्यहाँको राजनीतिक नेतृत्वसँग भेटघाटबारे केही पनि पुष्टि गरेको छैन। प्रचण्डको भ्रमण र भेटघाट तालिका अहिले त्यहाँस्थित नेपाली दूतावासमार्फत मिलाइँदैछ। 

प्रचण्ड यसअघि असार ३१ मा भारत गएका थिए। त्यहाँ गएर उनले उच्चस्तरीय राजनीतिक भेटघाट गरेका थिए। भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डाको निम्तोमा उनी भारत पुगेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .