ad ad

राजनीति


नेपाल चाँडै दक्षिण एशियामै सबल अर्थतन्त्र भएको मुलुक बन्छ : सञ्चारमन्त्री कार्की

नेपाल चाँडै दक्षिण एशियामै सबल अर्थतन्त्र भएको मुलुक बन्छ : सञ्चारमन्त्री कार्की

फाइल फोटाे


नेपालखबर
साउन ६, २०७९ शुक्रबार १५:३५, काठमाडौँ

सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले चाँडै नेपाल दक्षिण एशियामा सबल अर्थतन्त्र भएको मुलुकको रुपमा परिणत हुने बताएका छन्। 

शुक्रवार हेटौंडामा आयोजित नेपाल प्रेस युनियनको ९ औं महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन्। उनले नेपाल श्रीलंकाको बाटो नगएको दाबी गरे।

उनले नेपालको अर्थतन्त्रमा केही समस्या रहेपनि श्रीलंका पथमा नेपाल नरहेको बताए। उनले आगामी १० वर्षमा नेपाललाई सबल अर्थतन्त्र भएको मुलुकको रुपमा परिणत गरेर अघि बढ्ने बताए। 

उनले भने, ‘अहिले देशमा हरेक चोकचोकमा एउटा अफवाह फैलाइएको छ । नेपाल श्रीलंकाको बाटोतर्फ गइरहेको छ भनेर। नेपाल श्रीलंकाको पथमा अग्रसर हुँदैछ भन्ने अफवाह छ, नेपालको अर्थतन्त्रमा केही समस्याहरु छन्, तर नेपाल श्रीलंकाको पथमा जाँदैन। जुन भ्रम छ त्यसलाई चिरेर नेपाली जनतालाई, हामीले आश्वस्त गर्न जरुरी छ। नेपाल चाँडै नै दक्षिण एशियामा सबल अर्थतन्त्र भएको मुलुकको रुपमा स्थापित हुनेछ, अब चाँडै संघ र प्रदेशको चुनाव आउँदैछ, यसबाट हामीले १० वर्षमा नेपाललाई सबल अर्थतन्त्र भएको मुलुकको रुपमा परिणत गर्ने गरेर जानुपर्छ।’ 

मन्त्री कार्कीले सरकार संविधानले परिकल्पना गरेको प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र नागरिकको हकको रक्षा गर्नका निमित्त प्रतिवद्ध रहेको पनि दाबी गरे।

उनले सरकार दक्षिण एशियामा नै प्रेस स्वतन्त्रताको अग्रणी देशको रुपमा नेपाललाई स्थापित गर्न प्रतिवद्ध रहेको बताए।

उनले भने, ‘यो सरकार संविधानले परिकल्पना गरेको प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र नागरिकको हकको रक्षा गर्नका निमित्त प्रतिवद्ध छ । त्यतिमात्र होइन, नेपाली कांग्रेस सदैव प्रेस स्वतन्त्रतालाई अक्षुण्ण राख्न चाहन्छ । यो सरकार दक्षिण एशियामा नै प्रेस स्वतन्त्रताको अग्रणी देशको रुपमा नेपाललाई स्थापित गर्न चाहन्छ।’ 

सञ्चारमन्त्री कार्कीले एमसीसी पास गरेपछि नेपालको अर्थतन्त्रमा सकारात्मक प्रभाव परिरहेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .