ad ad

राजनीति


प्रदीप ज्ञवालीको प्रश्न : मैले खाना खाएको फोटो छापेर भान्सा सस्तो हुन्छ?

प्रदीप ज्ञवालीको प्रश्न : मैले खाना खाएको फोटो छापेर भान्सा सस्तो हुन्छ?

नेपालखबर
साउन ५, २०७९ बिहिबार १५:५९, काठमाडौँ

नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले आफूलाई ‘ट्रोल’ बनाउनेतिर सत्तारुढ गठबन्धनका नेता कार्यकर्ताहरु लागेको बताएका छन्। 

प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै ज्ञवालीले भने, ‘सत्तारुढ दलका नेता तथा कार्यकर्ताहरु मुल्य बढ्यो भन्ने बित्तिकै त्यसको समर्थन गर्नुको साटो कसले यो विषय उठायो फोटोसप गरेर हुन्छ कि के गरेर हुन्छ कि ट्रोल बनाउनेतिर लाग्छन्।’

उनले सरकारको गैरजिम्मेवारपनले आहत पुर्याएको बताए। 

‘दैनिक ज्यालादारी गर्नेको न्युनतम ज्याला नबढ्ने, निरन्तर मुद्रा स्फितिले खल्तीमा भइरहेको पैसाको भाउ घट्दै जाने। आम सर्वसाधारणको अवस्था के छ सरकारको ध्यान छ?’ ज्ञवालीले भने, ‘यही विषय मैले सार्वजनिक कार्यक्रममा बोलेको थिएँ, साथीहरुले अमेरिकामा मैले खाना खाइरहेको फोटो छापेर दुई थरी तरकारीको कुरा गर्नुभयो, त्यसो गरेर उहाँहरुको भान्सामा सस्तो हुन्छ भने मेरो शुभकामना छ।’

उनले विषयान्तर गरेर मूल्य नियन्त्रण हुन नसक्ने बताए। ‘के तपाईंहरुले विषयान्तर गरेर नेपालमा बढेको मुल्य नियन्त्रण हुन्छ र?’ उनले भने, ‘बहस हामीले कहाँ चलाइरहेका छौं। एम. अधिकारी को हो भन्ने बहस चलाइरहनुभएको छ।’

विद्यार्थीलाई पाठ्यपुस्तक र किसानलाई मल पुर्याउन नसकेको भन्दै सरकारको कुनै अर्थ नभएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .