ad ad

राजनीति


महेश बस्नेतको प्रश्न : एम. अधिकारी खोज्नेले एस. देउवा र पी. दाहाललाई कारबाही गर्नुपर्ने होइन् र?

महेश बस्नेतको प्रश्न : एम. अधिकारी खोज्नेले एस. देउवा र पी. दाहाललाई कारबाही गर्नुपर्ने होइन् र?

नेपालखबर
साउन ५, २०७९ बिहिबार १५:१३, काठमाडौँ

नेकपा एमालेका सांसद महेश बस्नेतले एमले अर्थ विभागका एम. अधिकारी खोज्नेहरुलाई एस. देउवा, पी. दाहाल र ए. राणा खोजेर कारबाही गर्नुपर्ने बताएका छन्।

प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै सांसद बस्नेतले रातारात सेटिङ गरेर कर र भन्सारका दर गडबड गर्ने जे. शर्माको खोजी हुनुपर्ने होइन? भन्दै प्रश्न गरेका छन्।

‘केही साथीहरू एमाले अर्थ विभागका एम। अधिकारी खोजिरहेका छन्,’ प्रतिनिधिसभा बैठकमा उनले भने, ‘देशी, विदेशी शक्ति गुहारेर राष्ट्रपति, प्रधानमन्त्री पालैपालो बनेर राज्यको दोहन गर्ने र परिवारवाद लाद्ने नेता एस. देउवा, माओवपादी नेता पी. दाहाल र नेतृ ए. राणा देउवा खोजेर कारबाही गर्नुपर्ने होइन र?’

उनले आपूर्तिमन्त्री दिलेन्द्र बडु, निवर्तमान अर्थमन्त्री जनार्दन शर्मा, कृषिमन्त्री महेन्द्र यादव लगायतको नामको अल्फाबेट भन्दै संसदबाट ‘कारबाही हुनपर्ने होइन र?’ भन्दै प्रश्न गरेका छन्।

‘बजेटमा रातारात सेटिङ गरेर कर र भन्सारका दरहरू गडबड गरेर सीसीटीभीलगायत प्रमाण नष्ट गर्ने र कमिसन ६ अर्ब रुपैयाँभन्दा बढी गडबड गर्ने माओवादी नेता जे. शर्माको खोजी गरेर कारबाही गर्नुपर्ने होइन र?,’ बस्नेतको प्रश्न छ।

मल र पुस्तक अभाव गराउनेहरूलाई पनि खोज्नुपर्ने बस्नेतको भनाई थियो।

‘पेट्रोलियम पदार्थको भाउ महँगिएर कालोबजारीलाई प्रोत्साहन गर्ने आपूर्तिमन्त्री कांग्रेस नेता डी. बडूलाई काबाही गर्नुपर्ने होइन र?’ बस्नेतले अघि भने, ‘मल अभाव र पुस्तक अभाव गराई किसान र विद्यार्थीको भविष्यमाथि खेलवाड गर्ने एम। यादव र डी.पौडेलहरूलाई कारबाही गर्नुपर्ने होइन र?’

संसदमा बस्नेतले एमाले अर्थ विभागका एम. अधिकारी को हुन् भन्नेबारे भने केही बोलेनन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .