ad ad

राजनीति


प्रचण्ड-बाबुराम वार्ता बिहीबार पनि, मुख्य एजेन्डा पार्टी एकता

प्रचण्ड-बाबुराम वार्ता बिहीबार पनि, मुख्य एजेन्डा पार्टी एकता

नेपालखबर
साउन ४, २०७९ बुधबार २२:३८, काठमाडौँ

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईबीच बिहीबार पनि छलफल हुने भएको छ।

भट्टराईनिकट एक नेताका अनुसार दुई नेताबीच पार्टी एकताकै विषयमा छलफल हुन लागेको हो। तर छलफल हुने स्थान खुलाइएको छैन।

प्रचण्ड र भट्टराईबीच मंगलबार (४ साउन) माओवादी केन्द्रको संसदीय दलको कार्यालय सिंहदरबारमा एकघण्टा छलफल भएको थियो।

भेटमा प्रचण्डले भट्टराईलाई एकतामा आउन आग्रह गरेका थिए। तर भट्टराईले माओवादी केन्द्रको नाम परिवर्तन गर्नुपर्ने शर्त राखेका थिए।

कम्युनिस्ट घटकबीच एकताका लागि प्रचण्डले नेकपा एकीकृत समाजवादी पार्टी र राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमसँग मंगलबार सिंहदरबारमै छलफल गरेका थिए।

उनीहरुसँगको छलफल निस्कर्षमा पुग्नुअघि प्रचण्डले बाबुरामसँगको एकता टुंगो लगाउन चाहेका छन् ।

जसपामा अध्यक्ष उपेन्द्र यादवले कारबाही गरेपछि भट्टराईले जसपा पुनर्गठनप्रयास गरिरहेका छन्।

उनले माओवादीमा एकतामा आउनुभन्दा माओवादीको नाम फेरेर नेकपा समाजवादी केन्द्र राख्नुपर्ने प्रस्ताव गरेका छन्।

भोलिको वार्तामा एकताको मोडालिटी, नामबारेमा कुरा हुने र एउटा समझदारी बनाउने प्रयास गर्न लागेको स्रोतले जनाएको छ ।

यसअघि उपराष्ट्रपति नन्दबहादुर पुन निवासमा प्रचण्ड- बाबुराम भट्टराईबीच पटक पटक छलफल भएको थियो।

पूर्व माओवादी शक्तिबीच एकता गरेर अहिलेसम्मको उपलब्धि जोगाउनुपर्ने पक्षमा बाबुराम पनि उभिन थालेका छन्।

यसअघिको वार्तामा जसपाले कारबाही गरे पनि पाँच दलीय गठबन्धनबाट नहटाउने प्रतिबद्धता यसअघसि प्रचण्डले बाबुरामसँग गरेका छन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .