राजनीति


गभर्नरलाई सांसदको सुझाव : राजीनामा दिएर एमालेको संगठन बनाउन लाग्नू

गभर्नरलाई सांसदको सुझाव : राजीनामा दिएर एमालेको संगठन बनाउन लाग्नू

फाइल तस्बिर


नेपालखबर
साउन ४, २०७९ बुधबार १३:१, काठमाडौँ

प्रतिनिधिसभा सदस्य दिल कुमारीले नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीलाई पदबाट राजीनामा दिएर नेकपा(एमाले) को संगठनमा लाग्न आग्रह गरेकी छन्। 

‘राष्ट्र बैँकको गभर्नरलाई कानून र नैतिकताको प्रश्न उठ्न बित्तिकै राजीनामा दिएर एमाले पार्टीका संगठन बनाउन सहयोग गरे राम्रो हुन्थ्यो,’ उनले भनेकी छन्। 

त्यस्तै प्रतिनिधि सभा सदस्य दिव्यमणि राजभण्डारीले पेट्रोलियम पदार्थ र सवारी चालकको खर्च कटौती गरी सार्वजनिक यातायात प्रयोग गर्नुपर्नेमा जोड दिए। 

उनले बजारका नाफाखोरहरुलाई सरकारले नियन्त्रण लिनु आवश्यक रहेको बताएका छन्। 

‘सरकारले चनाखो भई बजारमा नाफाखोरहरुलाई कन्ट्रोल गर्नु आवश्यक छ भने अर्कोतर्फ सबै सचेत जनताले खर्च कटौती गर्न अति आवश्यक छ', उनले भने, 'सबैले सरल जीवन बिताऔँ । सार्वजनिक यातायात प्रयोग गरौँ । महंगो पेट्रोलियम पदार्थ र सवारी चालकको खर्च कटौती गरौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad