राजनीति


महँगीले मेरो घरमै दुईथरी तरकारी पकाउन नसक्ने स्थिति आयो : प्रदीप ज्ञवाली

महँगीले मेरो घरमै दुईथरी तरकारी पकाउन नसक्ने स्थिति आयो : प्रदीप ज्ञवाली

नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवाली। तस्बिर : नेपालखबर


नेपालखबर
साउन २, २०७९ सोमबार १३:५०, काठमाडौँ

प्रमुख प्रतिपक्षी नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले महँगीले आफ्नो घरमा दुईथरी तरकारी पकाउन नसक्ने स्थिति आएको बताएका छन्। 

एमालेको उपभोक्ता हित संरक्षण तथा सुशासन विभागले काठमाडौंमा सोमबार गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै ज्ञवालीले जनताको अवस्था झनै जटिल बनेको बताएका छन्। 

मूल्यवृद्धिले जनताको चुल्हो नै बल्न नसक्ने अवस्था आएको भन्दै ज्ञवालीले आफ्नो घरमा पनि दुईथरी तरकारी पकाउन सक्ने स्थिति नरहेको तर्क गरे।

‘मैले नै घरमा एकथरी तरकारी पाक्नेछ भन्ने सम्झौता गर्नुपर्ने स्थिति भयो’, उनले भने ‘दुईथरी तरकारी पकाउन सक्ने अवस्था मेरो छैन। मन्त्री पनि भएँ, सांसद पनि धेरै वर्षदेखि छु, तर नसकिने अवस्था आयो।’

उपमहासचिव ज्ञवालीले सरकारले उच्च मूल्यवृद्धि गराउँदा आमउपभोक्ता मर्कामा परेको बताए। वर्तमान सरकारले भ्रष्टाचार, कालाबजारिया र कमिसनतन्त्रलाई संरक्षण गरिरहेको उनले बताए। 

‘कालो धनलाई सेतो बनाउने जुन ढंगका प्रयासहरु भए अहिले गभर्नरमाथिको हमला त्यही त हो’, उपमहासचिव ज्ञवालीले भने। 

आर्थिक हिसाबले मुलुक कुशासन र दुर्घटनाको बाटोतिर गइरहेको भन्दै उनले त्यसलाई रोक्न खोज्दा गभर्नर महाप्रसाद अधिकारीमाथि हमला भएको टिप्पणी गरे। 

आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणमा अनधिकृत व्यक्तिको संलग्नता रहेको भन्ने विषयमा गहिराइमा पुगेर सत्यतथ्य छानबिन गर्न जरुरी रहेको उपमहासचिव ज्ञवालीले बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad