राजनीति


न्यायाधीश नियुक्ति लगायतका विषयमा छलफल गर्न न्यायपरिषद्को बैठक बस्दै

न्यायाधीश नियुक्ति लगायतका विषयमा छलफल गर्न न्यायपरिषद्को बैठक बस्दै

नेपालखबर
साउन २, २०७९ सोमबार ८:१५, काठमाडौँ

न्यायाधीश नियुक्तिलगायतका विषयमा छलफल गर्न  सोमबार न्यायपरिषद्को बैठक बस्दै छ।

उच्च र सर्वोच्च अदालतमा न्यायाधीशहरुको दरबन्दी रिक्त रहेको अवस्थामा बैठक बस्न लागेको हो। 

 नियमित तालिकाअनुसार नै बैठक बोलाइएको परिषद्का एक सदस्यले नेपालखबरलाई बताए। 

प्रधानन्यायाधीश अध्यक्ष रहने परिषदमा कानुनमन्त्रीसहित अन्य चारजना सदस्य रहने कानुनी व्यवस्था छ।

अहिले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा निलम्बनमा रहेकाले कामु प्रधानन्यायाधीशको अध्यक्षतामा उक्त बैठक बस्न लागेको हो।

हाल उच्च अदालतमा ठूलो संख्यामा न्यायाधीशहरुको दरबन्दी रिक्त छ। साथै सर्वोच्च अदालतमा पनि न्यायाधीशको दरबन्दी रिक्त छ। न्यायाधीशहरुको दरबन्दी लामो समयसम्म रिक्त रहँदा पनि न्यायपरिषदले परिपूर्ति गर्न सकेको छैन। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .