प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारको एक वर्ष समय बर्बादी मात्र भएको बताएको छ।
संविधानको रक्षा र कार्यान्वयन, लोकतन्त्रको सुदृढीकरण, संघीय प्रणालीको सुदृढीकरण, जनजीविका र राष्ट्रियताको सवाल, अन्तर्राष्ट्रिय सम्बन्ध, सुशासन र भ्रष्टाचार नियन्त्रणका प्रश्नमा सरकार पूरै असफल भएको एमालेले बताएको छ।
एमालेको स्वास्थ्य तथा जनसंख्या विभागले तयार गरेको एक रिपोर्ट प्रस्तुत गर्दै विभागका प्रमुख योगेश भट्टराईद्वारा जारी विज्ञप्तिमा ‘समाजवादको आधार तय गर्ने सवालमा त सरकारले छेउ टुप्पो नै फेला पार्न’ नसकेको बताएको छ।
सरकारले खोप वितरणमा लापरवाही र स्वास्थ्य क्षेत्रमा व्यापक अनियमितता र भ्रष्टाचार गरेको आरोप विज्ञप्तिमा लगाइएको छ।
एमालेले ‘आर्थिक वर्ष सकिन ३ दिन बाँकी रहँदा पुरानो मितिमा निर्णय गराएर ठूलो मात्रामा बजेटको रकमान्तर गर्नु स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको चरम अनियमितता र सत्ताको दुरुपयोग’ भनेको छ।
स्वास्थ्य मन्त्रालयको बेरुजु १ अर्ब २२ करोड पुगेको भन्दै यसले आर्थिक अनुशासन र सुशासनको असफलतालाई स्पष्ट पारेको बताएको छ।
‘चिकित्सा शिक्षाका विविध विषयका लाइसेन्स परीक्षामा ३० प्रतिशतको हाराहारीमा मात्र उत्तीर्ण भएका तथ्यले हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ एमालेको रिपोर्टमा भनिएको छ, ‘यसले अभिभावकको लाखौँ रकम जोखिममा परेको छ।’
हेर्नुहोस पूर्णपाठः





Shares

प्रतिक्रिया