राजनीति


नारायणकाजी श्रेष्ठले मागे गभर्नरको राजीनामा

नारायणकाजी श्रेष्ठले मागे गभर्नरको राजीनामा

फाइल तस्बिर


नेपालखबर
असार ३०, २०७९ बिहिबार १२:५४, काठमाडौँ

नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले राष्ट्र बैंकका गभर्ननर महाप्रसाद अधिकारीको राजीनामा मागेका छन्। राष्ट्रियसभाको बिहीबारको बैठकमा बोल्दै नेता श्रेष्ठले गभर्नर अधिकारीको राजीनामा मागेका हुन्। 

‘राष्ट्र बैंकको गभर्नर महाप्रसाद अधिकारीको बारेमा एम अधिकारी हो कि’ भन्ने चर्चा चलेको भन्दै उनले महाप्रसाद अधिकारीको नाम रुपान्तरण भएर एम अधिकारी भएको बताए। 

‘पुष्टि भएको छैन, कि हैन भनेर पुष्टि गर्ने कागजात चाहियो, हैन भने जेसुकै बोलेर यताउता भए पनि विवाद भयो भनेर राजीनामा दिनुपर्छ’, श्रेष्ठले बैठकमा भने। 

‘नेकपा एमालेको अर्थ तथा योजना विभागको एकजना सदस्य जो ०७३ सालमा महाप्रसाद अधिकारीको रुपमा हुनुहुन्थ्यो। उहाँ अहिले रुपान्तरण भएर एम अधिकारीको रुपमा रहनुभएको छ,’ उनले भने, ‘अहिले प्रश्न छ, प्रश्न मात्र होइन, आम रुपमा सबैजसोको बुझाइ छ उहाँ नै हो भन्ने। त्यही महाप्रसाद अधिकारीको नाममा एम अधिकारी त्यही जिल्लाको अरु को हुनुहोला त भन्ने लागेको छ। नेकपा एमाले वा गभर्नर अधिकारीले विश्वसनिय ढंगले खण्डन गर्नुभएको छैन।’

एमाले अर्थ विभागमा एम अधिकारीको नाम भएको भन्दै गभर्नर अधिकारीसँग जोडेर आलोचना भइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad