राजनीति


जनार्दन शर्माको राजीनामाबारे ओली : सतिदेवीका झैँ सत्ता गठबन्धनका अंग झर्न थाले

जनार्दन शर्माको राजीनामाबारे ओली : सतिदेवीका झैँ सत्ता गठबन्धनका अंग झर्न थाले

नेपालखबर
असार २७, २०७९ सोमबार १८:७, काठमाडौँ

प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारलाई बोकिरहन नसकिने चेतावनी दिएका छन्। 

वर्तमान सरकार देशका लागि निष्प्राण र हानिकारक दुवै भएकाले यसलाई बोकेर हिँड्न नसकिने अध्यक्ष ओलीको तर्क थियो। 

सोमबार च्यासलस्थित पार्टीको केन्द्रिय कार्यालयमा विभिन्न सञ्चार माध्यमका सम्पादकहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सरकार चलेन, काम लागेन भन्ने स्पष्ट भईसकेको भन्दै यसलाई बोकिरहन उपयुक्त नहुने बताए। 

सरकार र सत्तारुढ गठबन्धन देशका लागि मृत भइसकेकाले यसलाई कायम राखेर गए देशमा हैजा फैल्याउने ओलीले बताए। 

उनले सरकारका सबै अङ्गप्रत्यङ्ग झर्न लागेको बताउ। अर्थमन्त्री जनार्दन शर्माको राजीनामा त्यसैको दृष्टान्त भएको जिकिर समेत उनले गरेका छन्। 

सबै अङ्गप्रत्यङ्ग काम नलागेकी सतीदेवीलाई भगवान शिवले समेत बचाउन नसकेको स्मरण गराउँदै ओलीले वर्तमान सत्तारुढ गठबन्धन र सरकारको हालत पनि त्यही भएको बताए।

उनले मुलुक संघीय संसद र प्रदेशसभाको निर्वाचनमा प्रवेश गरिसकेकाले पनि परमादेशी वर्तमान सरकारको कुनै औचित्य नभएको पनि दोहोर्‍याए। 

‘अब यो गठबन्धनको सरकार चाहिँ चलेन, काम लागेन भन्ने स्पष्ट भयो। र, यसैलाई बोकिरहन अब उपयुक्त हुँदैन। यही सरकार बोकेर हिँड्नु, एउटा हदसम्म बोक्नु पर्छ। तर निष्प्राण भयो। त्यो हानिकारक छैन भने पनि बोक्नु हुँदैन', उनले भने, 'हानिकारक छ भने झन् बोक्नु हुँदैन। यो त निष्प्राण पनि भइसक्यो र हानिकारक छ। यसले हैजा फैलाउँछ। यसले समाजलाई दूषित गर्छ। प्रयोजन सिद्धिसकेपछि जीवन्त नभइसकेपछि मरेको चिज बोकेर हिँड्दा डेथ भइसक्यो गठबन्धन। देशका लागि यो मृत भइसक्यो। मृत भइसकेपछि भगवान शिवले काँधमा बोकेर हिँड्दा त सतीदेवी काम लागिनन् भने यस्तो गठबन्धन बोकेर हिँडेर कुनै अर्थ छ?'

गठबन्धनबारे ‌ओलीले  यसका अङ्गप्रत्यङ्ग झर्दै जाने बताए। 'भ्रष्टाचारी अंगहरु झरेर पीठ बन्छ? त्यसकारण यो कुनै पीठ बन्नेवाला छैन। नकारात्मक दृष्टान्तहरु बन्छन्। धब्बाहरू बन्छन्। जहाँजहाँ यसका अंगहरु त्यो ठाउँ रूखो हुन्छ', उनले भने, 'त्यसकारण अब हामी चुनावतिर प्रवेश गरिसक्यौँ। परमादेशी सरकारको कुनै अर्थ छैन। अहिले त्यत्ति भनौं बाँकी हामी सकेसम्म सहमतिको राम्रो बाटोमा जान चाहन्छौं। भएन भने पनि देशलाई कुबाटोमा जानबाट रोक्ने कोसिस गर्छौं।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .