राजनीति


बाबुराम पक्षले बोलायो जसपा केन्द्रीय समिति बैठक, यादव पक्ष भन्छ : अवैधानिक

बाबुराम पक्षले बोलायो जसपा केन्द्रीय समिति बैठक, यादव पक्ष भन्छ : अवैधानिक

नेपालखबर
असार २६, २०७९ आइतबार १३:१६, काठमाडौँ

जनता समाजवादी पार्टी, नेपालमा विवाद बढिरहँदा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई नेतृत्वको पक्षले केन्द्रीय समितिको विस्तारित बैठक डाकेको छ।

अर्का अध्यक्ष उपेन्द्र यादवसँग विवाद बढिरहँदा भट्टराई पक्षले काठमाडौंमा असार २८ र २९ गते उक्त बैठक डाकेको हो। 

उता उपेन्द्र यादवले पनि पर्साको वीरगञ्जमा असार २९ र ३० गते जसपा केन्द्रीय समितिको बैठक डाकेका छन्। 

डा. भट्टराईले डाकेको बैठकमा छलफल हुने विभिन्न एजेण्डा तय गरी सूचना सबै पदाधिकारी, केन्द्रीय सदस्य, तथा संघीय परिषद सदस्यलाई पठाइएको जनाएका छन्। 

बैठकको एजेण्डाहरुमा पार्टीको आन्तरिक अबस्थाबारे छलफल, स्थानीय निर्वाचनको समीक्षाबारे छलफल, संगठनबारे छलफल, आगामी कार्ययोजनाबारे छलफल र विविध रहेका जसपा नेता विश्वदीप पाण्डेले बताएका छन्। 

बैठकले समसामयिक विषयमा राजनीतिक प्रतिवेदन पनि तय/ पेश गर्ने बताइएको छ।

यसैबीच अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईबीचको विवादले पार्टी विभाजननजिक पुगिरहँदा यादव पक्षले भट्टराईले डाकेको बैठकलाई अवैधानिक भनेको छ।

गत असार १३ गते बसेको जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको निर्णयअनुसार असार २९ र ३० गते वीरगञ्जमा बस्ने बैठक यथावत रहेको बताइएको छ। 

तर काठमाडौंमा पार्टीको नाममा भेला बोलाएको भन्दै अध्यक्ष यादव पक्षले त्यसलाई अवैधानिक भनेको छ। 

वीरगञ्जमा पार्टी केन्द्रीय समितिको बैठक बस्ने दिन नै डा. भट्टराईले भेला बोलाएपछि यादव पक्षले त्यसलाई अवैधानिक भनेको हो। 

'केही अराजक एवम् गैरजिम्मेवार व्यक्तिहरूले पार्टीको विधान र निर्णयविपरीत अवैधानिक तथा अनधिकृत रूपमा त्यही दिन जसपा, नेपालको केन्द्रीय समितिको विस्तारित बैठक काठमाडौंमा बस्ने भनि सामाजिक सञ्जाल लगायत केही सञ्चारमाध्यमबाट भ्रम फैलाइरहेको बुझिन आएको  छ', केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले भनेका छन्, 'काठमाडौंमा त्यही दिन पार्टीको यस प्रकारको कुनै पनि आधिकारिक बैठक नरहेको जानकारी गराइन्छ।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .