NepalKhabar NepalKhabar

राजनीति


श्रमिकमैत्री राज्य निर्माणमा गिरिजाबाबुको महत्वपूर्ण योगदान थियाे : नेता पौडेल

श्रमिकमैत्री राज्य निर्माणमा गिरिजाबाबुको महत्वपूर्ण योगदान थियाे : नेता पौडेल

नेपालखबर
असार २१ , काठमाडौँ

नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले श्रमिक मैत्री राज्य निर्माणमा गिरिजाप्रसाद कोइरालाको महत्वपूर्ण भूमिका रहेको बताएका छन्। 

कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको ९९ औँ जन्मजयन्तीका अवसरमा सोमबार नेपाल टेलिकम वकर्स युनियन बागमती प्रदेशले आयोजना गरेको ‘बदलिँदो परिस्थितिमा युनियनको भूमिका विषयक विचार गोष्ठी’मा उनले गिरिजाबाबु​ श्रमिक नेता भएकाे उल्लेख गरे। 

उनले संस्थालाई मजबुद बनाउन सकेमात्र कर्मचारीको हकहितमा उभिन सहज हुने बताए। आजको प्रतिस्पर्धात्मक बजारमा युनियनको भूमिका ज्यादै रहेको उनको भनाइ छ।

नेपाल ट्रेड युनियन कांग्रेसका उपाध्यक्ष अजयकुमार राईले नेपाल टेलिकमभित्र आबद्ध कर्मचारीको हक–अधिकार रक्षाका लागि नेपाल टेलिकम वकर्स युनियनले सराहनीय काम गर्दै आएको बताए।

उनले व्यवस्थापन र कर्मचारीबीचको सेतुको भूमिका युनियनले खेलेको उल्लेख गरे।

नेपाल टेलिकम वकर्स युनियन बागमती प्रदेश समितिका अध्यक्ष अच्युत ओझा, नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेल, नेपाल ट्रेड युनियन कांग्रेस काठमाडौँका पूर्वअध्यक्ष गणेश भट्टराई लगायतले नेपाल टेलिकमभित्रको समस्या समाधानका लागि व्यवस्थापन र कर्मचारी युनियन सहकार्य गरेर अगाडि बढ्नुपर्ने धारणा राखेका  थिए।

असार २१, २०७९, मंगलबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी
चिरञ्जीवी आचार्य

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

सम्पादक
अरुण बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.