ad ad

राजनीति


माओवादी केन्द्रले थपेका केन्द्रीय सदस्य को को हुन्? (पूरा सूचीसहित)

माओवादी केन्द्रले थपेका केन्द्रीय सदस्य को को हुन्? (पूरा सूचीसहित)

नेपालखबर
असार १९, २०७९ आइतबार १८:५०, काठमाडौँ

नेकपा माओवादी केन्द्रले केन्द्रीय समितिलाई पूर्णता दिएको छ। 

गत पुसमा भएको आठौँ महाधिवेशनबाट अपूरो नेतृत्व चयन गरेको माओवादीको आइतवारदेखि सुरु तेस्रो केन्द्रीय समिति बैठकले नेतृत्वलाई पूर्णता दिएको छ। यद्यपि महासचिवसहितका पदाधिकारीको भने टुंगो गर्न बाँकी छ।

माओवादीले यसअघि २०४७ जना केन्द्रीय सदस्य चयन गरेको थियो। अहिले केन्द्रीय समितिलाई २९९ सदस्यीय बनाइएको छ।

त्यसैगरी माओवादीले वैकल्पिक केन्द्रीय सदस्य पनि चयन गरेको छ। ९४ सदस्यीय वैकल्पिक केन्द्रीय सदस्यमध्ये ८६ जनालाई आइतवार मनोनीत गरेर शपथ दिलाइएको छ। 

यो बैठकबाट नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका ६, मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीका ६, जनता समाजवादी पार्टी (जसपा)बाट पार्टी प्रवेश गरेका तीनजनालाई पनि केन्द्रीय सदस्य बनाइएको छ। 

ओमप्रकाश पुन, रमेश परियार, धनबहादुर महर्जन, कृष्ण अधिकारी, दलबहादुर धामी र शंकरबहादुर खड्कालाई केन्द्रीय सदस्य बनाएको छ।

माओवादीले ललितपुरका गंगा पराजुली, दिनेश महर्जन र राजकाजी महर्जनलाई पनि केन्द्रीय सदस्यमा मनोनित गरेको छ।

यस्तै घनश्यामप्रसाद रजक, मनहरि तिमल्सिना पनि केन्द्रीय सदस्यमा मनोनित भएका छन्।

अखिल क्रान्तिकारीको अध्यक्ष पञ्चा सिंहले पनि केन्द्रीय सदस्यको शपथ लिएकी छन्।

पुसमा भएको आठौं राष्ट्रिय महाधिवेशनमा २ सय ४७ जनाकाे केन्द्रीय समिति चयन गरेको थियो। माओवादीको विधानमा २ सय ९९ सय सदस्यीय केन्द्रीय समिति हुने व्यवस्था छ।

यस्तै त्यसको १५ प्रतिशत मनोनित गरिने र पार्टी एकतामा आएका १० प्रतिशतलाई केन्द्रीय सदस्य बनाउने व्यवस्था छ।

माओवादी विधानमा वैकल्पिक केन्द्रीय सदस्य कूल संख्याको २५ प्रतिशत बनाउने उल्लेख छ। त्यही आधारमा केन्द्रीय सदस्य मनोनित गरिएको माओवादीका केन्द्रीय कार्यालय मुख्य सचिव श्रीराम ढकालले जानकारी दिए।

आइतबार बसेको केन्द्रीय समिति बैठकमा अध्यक्ष प्रचण्डले एजेण्डासहित राजनीतिक प्रतिवेदन पेश गरेका छन्।

यस्तै ७ भूगोलसहित ९ प्रदेश कमिटीबाट रिपोर्टिङ सकिएको छ। बैठक सोमबार र मंगलबार पनि जारी हुनेछ।

माओवादीका सबै केन्द्रीय सदस्यको सूची

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .