राजनीति


प्रचण्डको दाबी : माओवादी आन्दोलन एकीकृत गर्ने काम मेरो नेतृत्वमा मात्र सम्भव छ

प्रचण्डको दाबी : माओवादी आन्दोलन एकीकृत गर्ने काम मेरो नेतृत्वमा मात्र सम्भव छ

नेपालखबर
असार १५ , काठमाडौँ

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी आन्दोलनलाई एकीकृत गर्ने काम आफ्नो नेतृत्वमा मात्र सम्भव भएको दाबी गरेका छन्। कसैलाई यो कुरा मीठो नलाग्न सक्ने तर यथार्थ यही भएको जिकिर गरे।

बुधबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले सो कुरा बताएका हुन्।

‘साथीहरुले मलाई फेरि पनि कसैलाई मिठो नलाग्न पनि सक्छ। माओवादी आन्दोलनलाई एकीकृत गर्ने काम प्रचण्डको नेतृत्वमा मात्रै सम्भव छ,’ प्रचण्डले अघि भने, ‘मेरा कमजोरी भए पनि यथार्थ यही हो। यसमा कोही लाज नमानौं। यो राष्ट्र, वर्ग र जनताको आवश्यक्ता हो।’

प्रचण्डले आफ्नो कमजोरी पनि औंल्याएका छन्। ‘कमजोरी भनेको मेरो उदार हुने हो। इतिहासदेखि नै हो,’ उनले भने, ‘मसँग फर्किएर आएपछि जिम्मेवारी दिउँदिउँ हुन्छ। म बढी खुसी हुन्छ।’

माओवादी जनयुद्ध ऐतिहासिक विद्रोह भएको भन्दै आत्मसमीक्षा जरुरी भएको उनले बताए। 

‘एकपटक हामी सबै माओवादीले आत्मसमिक्षा गरेर जनतालाई विकास र समृद्धितिर लाने नेतृत्व पूरा गर्ने हो भने देशको अत्यधिक ठूलो संख्याले साथ दिनेछ,’ प्रचण्डले भने, ‘कसैले हाम्रो विजयलाई रोक्न सक्ने छैन्। हामी सबैले आत्मसमिक्षा गरौं।’

पार्टीको गत मंसिरमा सम्पन्न ८ औं महाधिवेशनमा माओवादीभित्रको गल्ती कमजोरीको आत्मसमीक्षा आफूले गरेको प्रचण्डले बताए। 

 यसअघि आफूलाई छाडेर गएकाहरु माओवादीमा फर्कंदा ज्यादै खुसी लाग्ने बताए। ‘म सँग फर्किएर आएपछि जिम्मेवारी दिउँदिउँ हुन्छ। म बढी खुसी हुन्छ,’ उनले भने।

भिडिओ–

असार १५, २०७९, बुधबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
पिनाकी राय
बिजनेश एड्भाइजर
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी
चिरञ्जीवी आचार्य

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.
ad ad