राजनीति


ज्ञानेन्द्र शाहलाई नाचगान र व्यापार नै ठीक, अब फर्किन सक्दैनन् : महामन्त्री बर्तौला

ज्ञानेन्द्र शाहलाई नाचगान र व्यापार नै ठीक, अब फर्किन सक्दैनन् : महामन्त्री बर्तौला

नेपालखबर
असार १३, २०७९ सोमबार १४:३७, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका महामन्त्री राजाराम बर्तौलाले निर्मल निवासका नाममा अझै पनि केही शक्तिले खेलिरहेको आरोप लगाएका छन्। 

राप्रपा नेपाल र नेतृत्वलाई कमजोर बनाउने खेल भइरहेको बताउँदै उनले अझै षडयन्त्रपूर्वक योजनावद्ध गतिविधि भइरहेको पनि जिकिर गरेका छन्। 

नेपालगन्जमा पार्टीका अगुवा कार्यकर्ता भेटघाटमा बोल्दै बर्तौलाले साझा अभिभावकका रुपमा बस्ने स्वभाव र चरित्र  नभएकोले राजा ज्ञानेन्द्रको पुनरागमन सम्भावना अब सकिएको जिकिर गरे।

'व्यापार-व्यावसाय, नाचगान र खानपिनमा बढी शौख भएको राजा हुनुहुन्छ , उहाँले त्यसमै रमाउँदा राम्रो हुन्छ', बर्तौलाले भने, 'राजसंस्थाप्रति सम्मान छ, तर आफ्नो मान मनितोमा त बस्नु पर्यो नि! राप्रपा नेपालमा लागेकालाई  नलाग, छोड भनेर लोभ दिइराखेको सूचना र प्रमाण हामीसँग छ। त्यो आपत्तिजनक हो।'

उनले राजाका सचिवहरुले फोन गरेर हैरान गरे, फोन उठाउनै छाड्यौँ भनेर नेता कार्यकर्ताहरूले गुनासो गरिरहेको पनि उनले बताए। 

'पहिला काङ्ग्रेस ,कम्युनिस्ट पनि राजासँग सहकार्य गर्न तयार भएर सहकार्य गरेका हुन्', उनले भने, 'घटनाक्रममा राजाकै कारण यी दलले सहकार्य तोडेको हुन्, यो क्रम रोकिएको छैन, चेत खुल्ने देखिएन, त्यसैले हामी पनि लोकतान्त्रिक बाटोमा छौँ।'

कार्यक्रममा सह-महामन्त्री हिक्मत ढकालले संगठन निर्माणलाई केन्द्रमा राखेर अघि बढ्नुपर्ने आवश्यकता औँल्याए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .