राजनीति


आईजीपी नियुक्तिविरूद्धको रिटमा बहस गर्दै चार सरकारी वकिल

आईजीपी नियुक्तिविरूद्धको रिटमा बहस गर्दै चार सरकारी वकिल

नेपालखबर
असार १३, २०७९ सोमबार १३:४८, काठमाडौँ

नेपाली कांग्रेस नेतृत्वको गठबन्धन सरकारले धीरजप्रताप सिंहलाई नेपाल प्रहरीको आईजीपीमा बढुवा गरेपछि परेको रिटमा चार जना सरकारी वकिलले बहस गर्ने भएका छन्। 

सिंहको नियुक्तिमा असन्तुष्टि जनाउँदै एआईजी विश्वराज पोखरेलले वैशाख १९ गते सर्वोच्च अदालत दायर गरेको रिटमा प्रतिवादीकोतर्फबाट चार सरकारी वकिलले बह गर्ने भएकाहुन्।  

अहिले सर्वोच्च अदालतमा सरकारी वकिलको तर्फबाट बहस सुरु भएको छ। बहस गर्दै महान्यायाधिवक्ता खम्म खातीले पोखरेल आईजीपीका लागि उपयुक्त पात्र नभएको बताए। 

प्रतिवादीकातर्फबाट सोमबार सर्वोच्च अदालतमा बहसमा सहभागी हुँदै खातीले पोखरेल प्रतिस्पर्धी भए पनि उपयुक्त पात्र नभएको उल्लेख गरे।

'आईजीपीका लागि उपयुक्त धिरजप्रताप सिंह नै हुन्', उनले भने, 'विश्वराज पोखरेल पनि प्रतिस्पर्धी त हुन् तर प्रहरीको नेतृत्व दिने उपयुक्त होइनन्।'

बहस गर्ने सरकारी वकिलहरु

१. सह-न्याधिवक्ता शोमकान्त भण्डारी 
२. सह-न्याधिवक्ता खेमराज ज्ञवाली
३. नायव महान्यायाधिवक्ता : कृष्ण जीबी घिमिरे
४.  महान्यायाधिवक्ता : खम्म बहादुर खाती

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .