राजनीति


मेटमणिलाई रामकुमारीको आग्रह : मैले अघि बढाएका योजनालाई निरन्तरता दिनू

मेटमणिलाई रामकुमारीको आग्रह : मैले अघि बढाएका योजनालाई निरन्तरता दिनू

नेपालखबर
असार १३, २०७९ सोमबार १३:३३, काठमाडौँ

निवर्तमान सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले नवनियुक्त मन्त्री मेटमणि चौधरीलाई कार्यकाल सफलताको शुभकामना दिएकी छन्। 

उनले सोमबार दिउँसो सामाजिक सञ्जाल फेसबुकमार्फत् नवनियुक्त सहरी विकासमन्त्री चौधरीलाई कार्यकाल सफलताको शुभकामना दिएकी हुन्। 

नेकपा एकीकृत समाजवादीकी सचिव झाँक्रीले मन्त्री हुँदा अगाडि बढाएका योजनाहरुलाई नवनियुक्त मन्त्रीले निरन्तरता दिनेमा आफू ढुक्क रहेको पनि उल्लेख गरेकी छन्। 

‘नवनियुक्त मन्त्रीजीले मैले नीतिगत रुपमा अगाडि बढाएका विषयलाई निरन्तरता दिनु नै हुनेछ भन्नेमा ढुक्क छु,’ उनले लेखेकी छन्, ‘साथै माननीय मन्त्री मेटमणि चौधरीलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना।’ 

राज्यका अंगहरूका प्रमुखहरुसँग सार्वजनिक सरोकारका विषयहरूमा पटकपटक परामर्श गरेर इमानका साथ जनताको भलो चिताएर शतप्रतिशत कर्म लगाएर मन्त्रालयबाट बिदा भएको झाँक्रीको भनाइ छ।

‘त्यसका परिणामहरू आइरहेका छन्, आइरहने छन्,’ उनले लेखेकी छन्, ‘मैले नीतिगत क्षेत्रमा गरेको रूपान्तरण ठूलो डिपार्चर हो भन्नेमा दुई मत छैन।’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .