राजनीति


ओलीले दास बनाउन खोजेपछि विद्रोह गरेर नयाँ पार्टी खोल्यौँ : माधव नेपाल

ओलीले दास बनाउन खोजेपछि विद्रोह गरेर नयाँ पार्टी खोल्यौँ : माधव नेपाल

केन्द्रीय परिषद् बैठकमा बोल्दै समाजवादी अध्यक्ष माधवकुमार नेपाल। तस्बिर : विक्रम राई/नेपालखबर


नेपालखबर
असार १३, २०७९ सोमबार १३:२१, काठमाडौँ

सत्ता साझेदार एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले संविधानलाई कुल्चिने काम भएको आरोप लगाएका छन्।

'एमाले र माओवादी केन्द्र मिल्दा जनतामा ठुलो आशा थियो', उनले सोमबार सुरु केन्द्रीय परिषद् बैठकलाई सम्बोधनका क्रममा भने, 'हामीले गरेको वाचालाई​ जनताले विश्वास गरेका थिए। तर पार्टीमा धेरै समस्या सिर्जना हुन थाले। विकृति विसंगतिमा पार्टी डुब्न थाल्यो।' 

नेपालले विदेशीसँगको संवाद र छलफलबारे पनि पार्टीलाई थाहा नदिँदा समस्या बढ्दै गएको बताए। 

'विदेशीसँगको सहमतिमा पार्टीलाई कुनै जानकारी दिइएन, ' उनले भने, 'केपी ओली अल्पमतमा पर्ने भएपछि एकलौटी रुपमा विभाजन गरियो।'

ओलीले राज्य सत्ताको दुरुपयोग गरेको आरोप पनि नेपालले लगाए। 

'पार्टी फुटाउन लागि राज्यसत्ताको प्रयोग पनि भयो। हामीसँग तीनवटा विकल्प थिए। पहिलो दास भएर त्यही पार्टीमा बस्ने दोस्रो सन्यास लिने, तेस्रो कम्युनिस्ट आन्दोलनलाई जोगाउने', उनले भने, 'त्यसकारण हामीले तेस्रो विकल्प अपनायौँ।'

नेपालले अमेरिकी सहायता परियोजना एमसीसी र सैन्य रणनीति आईपीएस पनि केपी ओलीले नै अगाडि बढाएको बताए। 'व्याख्यात्मक  टिप्पणीको कार्यान्वयन हुन अझै बाँकी छ', उनले भने।

उनले नेपालका सबै मित्र रहेका बताउँदै कोही शत्रु नभएको उल्लेख गरे। 

'एसपीपीमा सेनाले सरकारको अनुमतिमा पत्र लेखेको रहेछ। वास्तवमा सेनाले पत्र लेख्ने होइन', उनले भने, 'त्यो पनि केपी ओलीकै पालामा भएको रहेछ। धन्यवाद! छ गठबन्धन सरकारले त्यसलाई अस्वीकार गर्‍यो।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .