राजनीति


आईजीपी विवाद : पोखरेल पक्षकै अधिवक्ताले लम्ब्याउँदै छन् बहस

आईजीपी विवाद : पोखरेल पक्षकै अधिवक्ताले लम्ब्याउँदै छन् बहस

नेपालखबर
असार १३, २०७९ सोमबार ९:३७, काठमाडौँ

आईजीपी विवादमा आज पनि सुनुवाइ हुने भएको छ।

सरकारले धिरजप्रताप सिंहलाई आईजीपीमा बढुवा गरेपछि त्यसमा असन्तुष्टि जनाउँदै एआईजी विश्वराज पोखरेलले वैशाख १९ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

 यसअघि जेठ ३० र असार ५ गते सुनुवाइ नसकिएपछि हेर्दाहेदैमा रहेको मुद्दाको अर्को पेशी त्यसै दिन असार १३ गतेलाई तोकिएको थियो। आज पनि  सुरुमा एआईजी विश्वराज पोखरेलकै तर्फबाट बहस गर्ने छन्। 

अधिवक्ताहरु सुनिता राउत, सुरज बस्नेत र उदयन रेग्मीले बहस गर्ने तयारी छ। यस्तै अधिवक्ता अन्जिता खनाल र सानुभाइ पोखरेल पनि बहस गर्ने सूचीमा छन्। तर उनीहरुले बहस गर्ने वा नगर्ने भन्ने निश्चित छैन। 

निवेदन पक्षकै बहस लम्बिँदा एआईजीको रिटमा फैसला आउन ढिलाइ हुने देखिएको छ। आफू साउन २० गते जाने भएकाले छिटो फैसला दिन पोखरेलले इजलास समक्ष माग गरेका थिए। तर जेठ ३० र असार ५ मा बहस गरेका पोखरेल पक्षले आज पनि बहसका लागि समय लिने भएका छन्।

पोखरेल पक्षको बहस सकिएपछि सरकार र आईजीपी सिंहको पक्षबाट बहस सुरु हुनेछ। सोमबार नै विपक्षीको तर्फबाट बहस सुरु हुनेछ।

यो रिटको अन्तिम सुनुवाई काम प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुँडालको इजलासमा भइरहेको हो। 

वैशाख २२ गते प्रारम्भिक सुनुवाई न्यायाधीश सुष्मालता माथेमाको इजलासमा भएको थियो।

पोखरेलले सिंहलाई हटाएर तत्काल आफूलाई आईजीपी बनाउन अन्तरिम आदेश माग गरेका थिए।

 माथेमाको इजलासले अन्तरिम आदेश नदिए पनि रिटमा अग्राधिकार प्रदान गरेको थियो।

अग्राधिकार प्राप्त रिटमा झण्डै दुई महिना हुन लाग्दा पनि सुनुवाई एक पक्षकै नसकिएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad