ad ad

राजनीति


वकिलको चुनावमा मिले एमाले र एकीकृत समाजवादी

वकिलको चुनावमा मिले एमाले र एकीकृत समाजवादी

नेपालखबर
असार १२, २०७९ आइतबार १६:५०, काठमाडौँ

माउ पार्टीका नेताहरुबीच तीव्र विवाद भइरहेका बेला नेकपा एमाले र नेकपा एकीकृत समाजवादीनिकट वकिलहरू भने एकै ठाउँ जुटेका छन्।

नेपाल बार एसोसिएसन उच्च अदालत पाटन इकाईको चुनावका लागि एमाले र एकीकृत समाजवादीबीच गठबन्धनका लागि सहमति भएको छ। 

आगामी असार २५ गते हुने उच्च अदालत पाटन, बार इकाईको निर्वाचनमा एमाले र समाजवादीनिकट वकिलहरूबीच गठबन्धन गर्न सहमति भएको छ।

दुवै पार्टीनिकट संगठनले पद पनि बाँडफाँट गरिसकेका छन्। सहमतिअनुसार अध्यक्षसहित १४ पद एमालेनिकट वकिलहरूले लिने भएका छन्। उपाध्यक्ष र सहसचिवसहित ५ पद एकीकृत समाजवादीनिकट वकिलहरूको भागमा परेको छ।

उच्च अदालत पाटन बार इकाइमा एमाले र एकीकृत समाजवादीको बलियो पकड छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .