NepalKhabar NepalKhabar

राजनीति


माधव नेपालले भने : केही मन्त्रीको राजीनामा पत्र आयो, परे सार्वजनिक गरौंला

महिलालाई सरकारमा पठाउँदैमा सबैथोक नहुने तर्क
माधव नेपालले भने : केही मन्त्रीको राजीनामा पत्र आयो, परे सार्वजनिक गरौंला

नेपालखबर
असार १२ , काठमाडौँ

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले जेठ २२ गतेको निर्णय कार्यान्वयन गर्न सरकारलाई दबाब दिएका छन्। 

आइतवार पार्टीनिकट अनेमसंघको भेलालाई काठमाडौंमा सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन्। 

'मन्त्रीहरुमा महिला खोइ भन्ने भएको छ। महिला पठाउँदैमा सबैथोक हुने होइन। तर, हामीकहाँ सक्षम महिला पनि छन्', उनले भने, 'यो पटक बाध्यता महिला सिफारिस गर्न सकिएन। अर्को पटक यसलाई सच्याएर जाऊँला।'

उनले जेठ २२ मा चार मन्त्री फेर्ने निर्णयलाई शनिबारको केन्द्रीय कमिटी बैठकले पनि तलमाथि नगर्न भनेको बताए। 

'महिलाको पक्ष होस् या एउटा जिल्लाबाट दुईजना होस् अहिलेको निर्णय फेरिँदैन', उनले भने, 'मन्त्रिपरिषद् छिट्टै पुनर्गठन हुनेछ, छिटोभन्दा छिटो हुनेछ। आशा गरौँ आजै हुनेछ। पार्टीको निर्णय लागु हुनेछ।'

उनले आफ्ना मन्त्रीतिर लक्षित गर्दै आफूले पद पाएपछि नछाड्ने रोग देखिएको बताए। 

'आफू बसिसकेपछि हट्नै नचाहने समस्या छ। सबैलाई पार्टीको निर्णय पालना गर्न सक्नुपर्छ', उनले भने, 'आफूले भनेको पालना नगर्ने हो भने अरुले पनि मान्ने छैनन्।'

नेपालले केही मन्त्रीहरुबाट आएको राजीनामा आफ्नो गोजीमा रहेको पनि बताएका छन्। 

'केही मन्त्रीहरुले राजीनामा पत्र मलाई दिनु भएको छ। पार्टीलाई जुन बेला मन लाग्छ म बाहिर प्रेसमा पठाएर सार्वजनिक गर्नेछु', उनले भने, 'राजीनामा पत्र नै चाहिँदैन। पुनर्गठनका लागि हाम्रो निर्णय नै पर्याप्त छ।' 
 

असार १२, २०७९, आइतबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी
चिरञ्जीवी आचार्य

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

सम्पादक
अरुण बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.