मोरङको विराटनगर महानगरपालिका–१७ स्थित रघुपति जुटमिलको मेसिननले हात काट्दा एक जनाको मृत्यु भएको छ।
बिहीबार राती १० बजे जुटमिलमा अपरेटरको काम गर्ने मोरङ विराटनगर–१४ का ४२ वर्षीय राजो कामतको हात मेसिनमा परेको हो।
काम गरीरहेको अवस्थामा अचानक मेसिनले बायाँ हातको कुमदेखि नै काटेको हो।
तत्काल उपचारका लागि विराट नर्सिङ होम (विराटनगर) लगिए पनि चिकित्सकले मृत घोषणा गरेका हुन्। घटनाबारे इलाका प्रहरी कार्यालय (रानी) बाट थप अनुसन्धान भइरहेको छ।
36
Shares

प्रतिक्रिया