ad ad

राजनीति


कानुनमन्त्री भन्छन् : अडियोकाण्ड छानबिन हुँदैछ, न्यायाधीश नियुक्तिको विधि नै गलत भयो

कानुनमन्त्री भन्छन् : अडियोकाण्ड छानबिन हुँदैछ, न्यायाधीश नियुक्तिको विधि नै गलत भयो

नेपालखबर
असार ९, २०७९ बिहिबार १८:१८, काठमाडौँ

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले काठमाडौंका जिल्ला न्यायाधीश राजकुमार कोइराला जोडिएको घुस लेनदेनको अडियोबारे छानविन भइरहेको बताएका छन्। 

मन्त्री कोइरालाले जिल्ला न्यायाधीश कोइराला र अधिवक्ता रुद्र पोखरेलबीच व्यवसायी इच्छाराज तामाङलाई धरौटीमा छुटाउन घुस बार्गेनिङ गरेको अडियो सार्वजनिक भएकाले सत्यतथ्य पत्ता लगाउन छानबिन समिति बनिसकेको स्पष्ट पारे। 

बिहीबार संसद भवन परिसरमा सञ्चारकर्मीका जिज्ञासाको जवाफ दिने क्रममा उनले न्यायालय सुधारका लागि सरकारले अभियान नै संचालन गरिएको दावी गरे। 

न्यायाधीशको नियुक्ति नै गलत ढंगले हुने भएकाले न्यायालयमा विकृति र विसंगति बढ्दै गएको उल्लेख गर्दै मन्त्री कोइरालाले त्यसलाई हटाउन सरकारले निर्देशिका बनाइरहेको स्मरण गराए। 

‘केही समयदेखि न्यायपालिकाप्रतिको आस्था गिर्दै गएको छ । जुन अडियो सार्वजनिक भएको छ,  त्यसको सत्यतथ्य खोजबिन गर्दैछौँ', उनले भने, 'कति ठिक, कति बेठीक भनेर छानबिन गर्न समिति बनेको छ। त्यो घटनाबाहेकलाई हेर्ने हो पनि न्यायालयमा विकृति र विसंगति थियो। त्यसविरुद्ध आन्दोलन पनि भयो। सुधारका लागि अभियान चलाइएको छ। त्यसको सुरुवात नियुक्तिबाटै हुने भएकाले निर्देशिका बनाउँदैछौँ।'

मन्त्री कोइरालाले न्यायालयको गिर्दो आस्थालाई जोगाउन सरकार लागि परेको पनि दाबी गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .