ad ad

राजनीति


विराटनगरको औद्योगिक शाख फिर्ता गर्न डिला संग्रौलाको माग

विराटनगरको औद्योगिक शाख फिर्ता गर्न डिला संग्रौलाको माग

नेपालखबर
असार ९, २०७९ बिहिबार १५:५५, काठमाडौँ

नेपाली कांग्रेसकी सांसद डा. डिला संग्रौलाले विराटनगर औद्योगिक साख फिर्ता गर्न सरकारसँग माग गरेकी छन्। 

संसदको विशेष समयमा बोल्दै संग्रौलाले प्रजातान्त्रिक आन्दोलनको जग बसालेको मिल्स एरिया अहिले खण्डहर बनेकोमा चिन्ता जाहेर गरेकी छन्।

‘प्रजातान्त्रिक आन्दोलनको जग बसालेको हिजो मिल्स एरिया भनेर पहिचान बनेका ठाउँमा अहिले उद्योग चल्दैन खण्डहर बनेका छन्। मुलुकको पहिलो उद्योग जुटमिल बन्द छ। त्यहाँका मजदुर एवं कामदारहरु बिचल्लीमा छन्’ उनले भनिन्, ‘औद्यौगिक करिडोरको रुपमा परिचित विराटनगरका उद्योगीहरु विषेश गरी सरकारले ल्याएको पछिल्लो कर नीतिका कारण सुनसरी मोरङ करिडोरका धेरै उद्योगहरु बन्द हुने अवस्थामा पुगेका छन्। उद्योग बचाउन सरकारले विषेश योजना संचालन गर्नुपर्दछ।’

उनले विराटनगरको हडताली हाटलाई खुला संग्रहालय बनाउन पनि माग गरिन्।

उनले थपिन्, ‘प्रजातन्त्रिक आन्दोलनको शंखघोष गर्ने हड्ताली हाट सुनसान छ। यस क्षेत्रको उचित संरक्षण गरि नयाँ पुस्तालाई विराटनगरमा उठेको राजनीतिक आन्दोलनबारे जानकारी दिन हड्ताली हाटलाई खुला संग्रहालयको रुपमा विकास गरिनु पर्दछ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .