ad ad

राजनीति


बाढीपहिरोबाट बच्न मधेश प्रदेश सरकारले थाल्यो तयारी

बाढीपहिरोबाट बच्न मधेश प्रदेश सरकारले थाल्यो तयारी

नेपालखबर
असार ९, २०७९ बिहिबार १२:०, जनकपुरधाम

वर्षमा हुन सक्ने सम्भावित बाढी पहिराेजस्ता विपदको जोखिम न्युनिकरण तथा उद्धारको लागि मधेश प्रदेश सरकारले तयारी थालेको छ । 

गृह तथा संचार मन्त्रालयले मधेश प्रदेशका तीनै सरक्षा निकाय, स्थानीय प्रशान, रेडक्रस लगायत सम्बन्धित निकायका प्रतिनिधिसंग बिहीबार पूर्व तयारीको लागि मन्त्रालयमा छलफल तथा निर्णय गरेको हो । 

बाढीको उच्च जोखिममा रहेका नदी किनारका वस्ती, चुरे उजाड क्षेत्रको छेउछाउका वस्ती, गहिरो तथा सीमावर्ती क्षेत्रमा डुबानमा पर्ने जस्ता वस्तीलाई लक्षित गरी विपद न्युनिकरण तथा उद्धारका लागि पूर्व तयरी स्वरुप छलफल तथा त्यससंग सम्बन्धित निर्णय भएको गृह तथा संचार मन्त्र भरतप्रसाद साहले बताए । 

बैठकबाट मधेश प्रदेभमा कम्तिमा एउटा हेलिकप्टर स्टेण्डवाई राख्नको लागि नेपाली सेनालाई सिफारिस जस्ता निर्णय गरेको छ । 

वर्षा बाढीपहिरोको जोखिमसम्मको लागि एउटा हेलिकप्टर मधेश प्रदेशमा स्टेन्डवाई राख्न नेपाली सेनालाई सिफारिस गर्ने तथा पत्येक स्थानीय तहमा एउटा हेलिप्याड अनिवार्य बनाउने निर्णय भएको मन्त्रालयका सचिव रामकुमार महतोल जानकारी दिए । सकेसम्म प्रत्येक वडामा बनाउने प्रयास गर्ने उनको भनाइ छ ।

उनका अनुसार मनसुनजन्य विपदबाट हुने सम्भावित जनधनको क्षति न्युनिकरणका लागि सुरक्षा निकायकाक हरेक युनिटलाई उद्धार सामग्री उपलब्ध गराउने, सुरक्षा निकायमा र्यापिड रिस्पोन्स टिम परिचालनका लागि मेडिकल सामग्री उपलब्ध गराउन सामाजिक मन्त्रालयसंग समन्वय गर्ने निर्णय भएको हो । 

असार १७ गतेदेखि मनसुन जन्य विपद उद्धारको लागि कमला नदीमा पूर्वअभ्यास गर्ने, विपदबाट बच्न जनचेतना फैलाउन विपद सम्बन्धि स्थानीय भाषामा अडियो तथा भिडियो सामग्री उत्पादन एवं प्रशारण गर्ने जस्ता निर्णय भएको जनचेतना सचिव महतोले बताए ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .