राजनीति


संवैधानिक इजलास : रामप्रसाद भण्डारीलाई पनि विपक्षी बनाइएको सूचना दिन आदेश

संवैधानिक इजलास : रामप्रसाद भण्डारीलाई पनि विपक्षी बनाइएको सूचना दिन आदेश

नेपालखबर
असार ८, २०७९ बुधबार १२:४२, काठमाडौँ

संवैधानिक नियुक्तिविरुद्ध परेको रिटमाथि बुधबार संवैधानिक इजलासमा भएको सुनुवाइपछि सर्वोच्च अदालतले विपक्षीमध्ये एकजना रामप्रसाद भण्डारीलाई पनि सूचना दिन आदेश दिएको छ।

अधिवक्ता ओमप्रकाश अर्याल, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी लगायतले दायर गरेको रिटमा सुनुवाइ गर्दै संवैधानिक इजलासले तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारबाट न्याय परिषद् सदस्यमा नियुक्त भण्डारीलाई पनि विपक्षी बनाइएको सूचना दिन भनेको हो। 

कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, वरिष्ठ न्यायाधीश हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा र अनिलकुमार सिन्हाको संवैधानिक इजलास भण्डारीलाई पनि विपक्षी बनाइएको सूचना दिन आदेश दिएको हो। 

तत्कालीन ओली नेतृत्वको सरकारले अध्यादेशका भरमा संवैधानिक परिषद्को बैठक सञ्चालनसम्बन्धी कार्यविधि फेरेर नियुक्त गरेको जिकिरसहित २०७७ मंसिर १ गते अधिवक्ता ओमप्रकाश अर्याल र मंसिर २ गते वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले रिट हालेका थिए। उनहरुले अध्यादेश र सबै नियुक्ति बदर माग गरेका थिए। 

केपी शर्मा ओली नेतृत्वको सरकारले २ पटकमा विभिन्न ५२ पदाधिकारीलाई संवैधानिक आयोगमा नियुक्ति दिएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .