राजनीति


रविलाई मिलेन घरकै साथ, दाजु हरिशरण भन्छन् : आजीवन त्यो पार्टीमा जान्न

रविलाई मिलेन घरकै साथ, दाजु हरिशरण भन्छन् : आजीवन त्यो पार्टीमा जान्न

नेपालखबर
असार ७ , काठमाडौँ

रवि लामिछानेले खोलेको राष्ट्रिय स्वतन्त्र पार्टीका लागि घरबाटै साथ नमिल्ने भएको छ।

रविका दाजु हरिशरण लामिछानेले आफू आजीवन राष्ट्रिय स्वतन्त्र पार्टीको सदस्य नहुने घोषणा गरेका छन्।

हरिशरणले केही समयअघि काठमाडौं क्षेत्र नम्बर ३ बाट चुनाव लड्ने घोषणा गरेका थिए। तर रविले पनि त्यही क्षेत्रबाट उठ्ने आशय व्यक्त गरेपछि दुई दाजुभाइबीच सम्बन्ध बिग्रिएको छ। 

उनले नयाँ पार्टी घोषणा गरेकोमा रविलाई बधाई दिँदै पार्टीको नीतिअनुसार, परिवारवाद निषेध गरिनु राम्रो प्रयास भन्दै प्रशंसा गरेका छन्। 

'कुनै पनि नयाँ सदस्यले अब देशभर आफ्नो जन्मकुन्डली अर्को सदस्यसँग भिडाइ नाता 'अप्रमाणित' भएको प्रमाणपत्र लिएर मात्र पार्टी प्रवेश गर्नु होला', उनले रविको निर्णयप्रति कटाक्ष गर्दै भनेका छन्, 'पछि आपसी मायाप्रेममा परि  बिहेबारी भइ कुनै अवस्थामा नाता प्रमाणित भए सदस्यता खारेज हुन सक्छ है!'

रविको पार्टी दर्ता हुनै बाँकी रहेकाले त्यसमा आवद्ध भएर कुनै गतिविधि नगर्ने पनि उनले बताएका छन्। 

'दर्ता हुन बाँकी त्यस पार्टीका कुनै पनि गतिविधिमा म परिवारको नातेदारको नाताले नैतिक रुपले संम्लग्न हुने त कुरै भएन', उनले भनेका छन्, 'राजनैतिक रुपले त्यो पार्टीमा म आजीवन रहने छैन भन्ने जानकारी पनि गराउँदछु।'

 स्वतन्त्र र दलगत राजनीतिका लागि आफूसँग अपार अवसर र सम्भावना रहेका पनि उनले दाबी गरे। 

'नेपाल आमाको एक स्वतन्त्र नागरिकका नाताले मेरो जीवन देशको सेवामा हमेसा समर्पित रहने छ', उनले भनेका छन्, 'स्वतन्त्र हुन स्वतन्त्र पार्टी किन चाहियो?

असार ७, २०७९, मंगलबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी
चिरञ्जीवी आचार्य

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

सम्पादक
अरुण बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.
ad ad