कारोबार


सेयर बजारमा गरेको कडाइ सहज बनाउन एमालेको माग

सेयर बजारमा गरेको कडाइ सहज बनाउन एमालेको माग

नेपालखबर
असार ७ , काठमाडौँ

प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)ले पुँजीबजारमा देखिएको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएको छ।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा समय माग गरी बोल्दै एमालेका प्रमुख सचेतक विशाल भट्टराईले पुँजीबजार संकटपूर्ण अवस्थामा गुज्रिरहेको बताए। पुँजीबजार धराशयी हुँदा सिंगो अर्थतन्त्रमै गम्भीर असर परेको र लगानीकर्ताहरुको लगानी जोखिममा परेको भन्दै उनले पुँजीबजारको पुनरुउत्थान गर्न सरकारको ध्यानाकर्षण गराए। 

उनले नेपाल राष्ट्र बैंकले आफ्ना नीतिहरुलाई पुनरावलोकन गरेर भएपनि पुँजीबजारको जोखिम हटाउनुपर्ने बताए। 

उनले भने, ‘लाखौँ नेपालीहरु आवद्ध भएको, लाखौँ नेपालीहरुले भरोसा गरेको यो सेयर मार्केटलाई हामीले कुनै न कुनै रुपमा पुनरुउत्थान गर्न जरुरी छ। त्यसका लागि अर्थमन्त्रीले एउटा जोखिमयुक्त कदम उठाएर अर्थमन्त्रालयले कदम उठाएर भएपनि नेपाल राष्ट्र बैंकले आफ्नो नीतिहरुलाई पुनरावलोकन गरेर भएपनि यो सेयर मार्केटका लगानीकर्ताहरुको जुन जोखिम छ, त्यो जोखिमबाट पुनरुत्थान गर्नका लागि जोडदार रुपमा हामी माग गर्न चाहान्छौँ।’

प्रमुख सचेतक भट्टराईले लगानीकर्ताहरुले आत्महत्या गर्ने तहसम्मको अवस्था उत्पन्न भएको भन्दै राज्यले आफूलाई बेखबर र गैरजिम्मेवार बनाउनु नहुने बताए।

उनले लगानीकर्ताको सुरक्षा राज्यले गर्नुपर्ने बताए। उनले पुँजीबजार सुधारको माग राखि अनशनरत तिलक कोइरालाको स्वास्थ्य अवस्था गम्भीर हुँदै गइरहेको भन्दै कोइरालाको माग सम्बोधन गर्न पनि सरकारसँग माग गरे। 

उनले बेला बेलामा नेताहरुले पुँजीबजारलाई नोक्सान हुनेगरी अभिव्यक्ति दिने गरेको उल्लेख गर्दै नेताहरुलाई आफ्नो अभिव्यक्ति सच्याउन पनि आग्रह गरे।

असार ७, २०७९, मंगलबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.