ad ad

राजनीति


जिसस सिरहाको प्रमुखमा जसपाका दिनेशकुमार महतो विजयी

जिसस सिरहाको प्रमुखमा जसपाका दिनेशकुमार महतो विजयी

नेपालखबर
असार ७, २०७९ मंगलबार ८:३१, सिराहा

जिल्ला समन्वय समिति सिराहाको प्रमुख र उपप्रमुखमा जसपा–एमाले गठबन्धनका उम्मेदवार विजयी भएका छन्। 

जिसस प्रमुखमा जसपाका दिनेशकुमार महतो र उपप्रमुखमा एमालेका दिलीपकुमार लामा विजयी भएका हुन्।

सिरहा जिससमा एमाले-जसपा र कांग्रेस-माओवादीसहितका दलले गठबन्धन गरेर प्रतिस्पर्धा गरेका थिए। 

प्रमुखमा महतो २६ मत प्राप्त गरी विजयी भएका हुन्।  उपप्रमुखमा विजयी लामाले २५ मत प्राप्त गरेका छन्। 

कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी गठबन्धनबाट प्रमुखका उम्मेदवार कांग्रेसका मनोजकुमार गुप्ता तथा उपप्रमुखमा एकीकृत समाजवादीका राजेशकुमार यादवले समान ७–७ मत प्राप्त गरेका छन्।

जिल्ला समन्वय समितिको सदस्यमा एमालेकी गीताकुमारी पासवान, सोनावतीकुमारी महरा, रवीन्द्रकुमार महतो र सूर्यनाथ यादव निर्वाचित भएका छन् भने जसपाबाट जानकीकुमारी यादव, शोभाकुमारी यादव र सुरेशकुमार यादव निर्वाचित भएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .