राजनीति


प्रधानमन्त्रीको स्वास्थ्यका कारण प्रचण्डको चीन भ्रमण स्थगित

प्रधानमन्त्रीको स्वास्थ्यका कारण प्रचण्डको चीन भ्रमण स्थगित

नेपालखबर
मंसिर १६, २०७६ सोमबार १२:११,

हाल उपचाररत् प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाका कारण नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चीन भ्रमण स्थगित गरेका छन्।

चिनियाँ राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा नेकपाका नेताहरुको एक टोलीको नेतृत्व गर्दै प्रचण्ड तीनदिने चीन भ्रमणमा २४ गते जाने तय भएको थियो।

‘प्रधानमन्त्री तथा अर्का अध्यक्षको स्वास्थ्य अवस्थाका कारण अध्यक्ष प्रचन्डको चीन भ्रमण अहिलेलाई स्थगित गरिएको छ,’ अध्यक्ष प्रचन्डकाे सचिवालयका एक सदस्यले नेपालखबरलाई बताए।

अध्यक्ष प्रचण्डले प्रधानमन्त्री उपचाररत् हुँदाहुँदै आफू चीन भ्रमणमा जान उचित नहुने भन्दै भ्रमण स्थगित गरेको ती सदस्यले बताए। त्यसबारे पार्टीबाट औपचारिक निर्णय गर्न भने वाँकी रहेको छ।

प्रचण्डले गत साता राजधानीमा आयोजित एक कार्यक्रम आफू चीन भ्रमणमा जान लगेको जानकारी गराएका थिए। साठी सदस्यीय प्रतिनिधिमण्डलका नेतृत्व गर्दै चीन जान लागेका अध्यक्ष प्रचण्ड र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच भेटवार्ता हुने कार्यक्रम रहेको थियो।

नेकपा र चिनियाँ कम्युनिष्ट पार्टीबीच असोजमा भएको ६ बुँदे सहमतिअनुसार नेकपामा सबै ४ सय ४५ केन्द्रीय सदस्यहरुले दुई वर्षभित्र चीनको अध्ययन भ्रमण गर्ने तयारी गरिएको छ। जसको शुरुवात अध्यक्ष प्रचण्डमा टोलीबाट हुने कार्यक्रमअनुसार सो भ्रमण तय भएको थियो।

तर, मंसिर १० गते प्रधानमन्त्री ओलीलाई अपेन्डिसाइटिस भएपछि तत्काल अप्रेसन गरिएको थियो । त्यसयता, ओली अस्पतालमैं उपचाररत छन्।

सोमबार प्रधानमन्त्री ओलीले अस्पतालबाटै एक भिडियो सन्देश जारी गर्दै आफ्नो स्वास्थ्य अवस्थामा राम्रोसँग सुधार हुँदै गएको बताएका छन।

१२ वर्षअघि प्रत्यारोपण गरिएको मृगौलाले राम्रोसँग काम गर्न छाडेपछि एक महिनाभित्र प्रधानमन्त्री ओलीको ८ पटक डायलासिस गरिएको छ । हाल उनी मनमोहन कार्थियोथोरासिक भष्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर महाराजगन्जमा उपचार गराइरहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad