ad ad

राजनीति


अर्काको घरमा जबरजस्ती छिरेर हुलदंगा मच्चाएपछि राज्यमन्त्री विमला वली प्रहरी नियन्त्रणमा

अर्काको घरमा जबरजस्ती छिरेर हुलदंगा मच्चाएपछि राज्यमन्त्री विमला वली प्रहरी नियन्त्रणमा

सुदीप भण्डारी
जेठ ३१, २०७९ मंगलबार १०:४०, बुटवल

लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला कुमारी खत्री वलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। 

तुल्सीपुर-५ स्थित एकराज बस्नेतको घरबाट प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।

उनलाई अहिले इलाका प्रहरी कार्यालय तुल्सीपुरमा राखिएको छ।

विवाद भएको ठाउँमा ठूलो संख्यामा मानिस जम्मा भएपछि उनलाई सुरक्षा दिएर लगिएको दाङका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले नेपालखबरलाई बताए।

राज्यमन्त्री वलीले मंगलबार बिहान अर्काको घरमा छिरेको भिडियो सार्वजनिक भएको छ । भिडियोमा घरका मानिसहरुहरुले रुदै आफूमाथि मन्त्रीबाट कुटपिट भएको गुनासो पोखेको सुनिएको छ ।
एकराज नाम गरेका व्यक्तिलाई खोज्दै मन्त्री वली त्यहाँ पुगेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .