ad ad

राजनीति


राप्रपाको धनकुटा जिल्ला अध्यक्षले दिए राजीनामा

राप्रपाको धनकुटा जिल्ला अध्यक्षले दिए राजीनामा

नेपालखबर
जेठ २८, २०७९ शनिबार ११:२२, काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का धनकुटा जिल्ला अध्यक्ष कुमार बहादुर थापाले राजीनामा दिएका छन्।

उनले राप्रपाका केन्दीय अध्यक्षलाई पत्र लेख्दै धनकुटाको जिल्ला कार्य समितिको अध्यक्षबाट साधारण सदस्य मात्र रहने गरी पदबाट राजीनामा दिएको उल्लेख गरेका छन्। 

थापाले २०४८ सालमा पार्टी स्थापना भएयता आफू धनकुटाको जिल्ला कार्य समितिको अध्यक्ष रहँदा आफूलाई साथ र सहयोग दिने सबैलाई धन्यवाद पनि व्यक्त गरेका छन्।

उनले आफू धनकुटाको अध्यक्षमा नरहे पनि साधारण सदस्यको हैसियतमा आगामी दिनमा पार्टीलाई सहयोग जारी राख्ने उल्लेख गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .