ad ad

राजनीति


घनश्यामलाई कारबाहीको सिफारिसपछि योगेशको टिप्पणी : आवेग र उत्तेजनाले सही ठाउँमा पुर्‍याउँदैन

घनश्यामलाई कारबाहीको सिफारिसपछि योगेशको टिप्पणी : आवेग र उत्तेजनाले सही ठाउँमा पुर्‍याउँदैन

नेपालखबर
जेठ २२, २०७९ आइतबार ६:५०, काठमाडौँ

नेकपा (एमाले)का सचिव योगेश भट्टराईले अप्ठेरो बेलामा सबै सम्हालिनुपर्ने बताएका छन्। उनले सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन्। 

एमाले केन्द्रीय सदस्य घनश्याम भुसाललाई पार्टीको अनुशासन आयोगले कारबाही सिफारिस गरेपछि भट्टराईले आवेग, उत्तेजना र आग्रहले सही ठाउँमा नपुर्याउने टिप्पणी गरेका हुन्।

केही दिनअघि बसेको एमाले अनुशासन आयोगको बैठकले अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरेको भन्दै भुसाललाई कारवाही सिफारिस गरेको थियो। 

स्थानीय तहको निर्वाचनपछि एक टेलिभिजनलाई अन्तर्वार्ता दिँदै भुसालले पार्टी नेतृत्वले गलत नीति लिँदा निर्वाचनमा एमालेले पराजय व्यहोर्नुपरेको भन्दै अध्यक्ष ओलीको आलोचना गरेका थिए। 

त्यसमाथि टिप्पणी गर्दै भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्, ‘अप्ठ्यारो बेलामा सबै समालिनु पर्छ । आवेग, उत्तेजना र आग्रहमा गरिने कुनै पनि क्रिया र प्रतिक्रियाले सहि ठाउँमा पुर्‍याउँदैन। फेरि पनि बादे बादे जायते तत्व बोध।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .