राजनीति


लुम्बिनी आए लगत्तैै मोदीले भने– बुद्ध पूर्णिमाको दिन नेपालका अद्भूत जनतामाझ आउन पाउँदा खुसी छु

लुम्बिनी आए लगत्तैै मोदीले भने– बुद्ध पूर्णिमाको दिन नेपालका अद्भूत जनतामाझ आउन पाउँदा खुसी छु

नेपालखबर
जेठ २, २०७९ सोमबार १०:५७, काठमाडौँ

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी साेमबार बिहान लुम्बिनी आइपुगेका छन्। 

मोदीलाई प्रधानमन्त्री शेरबहादुर देउवाले लुम्बिनीमा निर्मित हेलिप्याडमा स्वागत गरेका छन्। 

लुम्बिनी उत्रिएलगत्तै भारतीय प्रधानमन्त्री मोदीले न्यानो स्वागतका लागि प्रधानमन्त्री देउवालाई धन्यवाद दिएका छन्।

‘बुद्ध पूर्णिमाको विशेष अवसरमा नेपालका अद्भूत जनतामाझ आउन पाउँदा खुसी छु। लुम्बिनीमा हुने कार्यक्रममा सहभागी हुन प्रतिक्षारत छु’ उनले ट्विटमा भनेका छन्।

प्रधानमन्त्री देउवाको निमन्त्रणामा मोदी लुम्बिनी आएका हुन्। उनको यो औपचारिक भ्रमण हो।

प्रधानमन्त्रीको हैसियतमा मोदीको यो पाँचौ नेपाल यात्रा हो। मोदी ६ घण्टा लुम्बिनीमा रहनेछन्। 

हेलिप्याडमा चारवटा भारतीय वायुसेवााको हेलिकप्टर। तस्बिर : सुदीप भण्डारी/नेपालखबर

मोदीले केही बेरमा प्रधानमन्त्री देउवासँगै विशेष पूजाआजा गर्ने कार्यक्रम छ। त्यसपछि दुई प्रधानमन्त्रीले भारतीय सहयोगमा बन्ने बौद्ध सांस्कृतिक केन्द्रको शिलान्यास गर्नेछन्। 

लुम्बिनी आउने मोदी पहिलो भारतीय प्रधानमन्त्री हुन्।

विगतमा भारतीय प्रधानमन्त्रीहरु नेपाल यात्राका क्रममा पशुपति र पोखराको भ्रमणमा जाने गरे पनि लुम्बिनी, मुक्तिनाथ र जनकपुर चाहिँ जाने गर्दैनथे। नेपालका यी सबै धार्मिक स्थल भ्रमण गर्ने मोदी पहिलो भारतीय प्रधानमन्त्री बनेका छन्।

प्रधानमन्त्री देउवा र पर्यटनमन्त्री प्रेम आलेले भारतीय प्रधानमन्त्री मोदीलाई मन्दिर दर्शन गराइरहेका छन्। त्यसक्रममा मोदी र देउवाले मायादेवी मन्दिर प्रांगणमा बोधी बृक्षमा पानी समेत हाले। 

पानी हाल्दै ट्विटमा प्रधानमन्त्री मोदीले भनेका छन् ‘अटुट मित्रताको गाँठो।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .