नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजु राणाले डडेल्धुरामा पुगेर विवादास्पद अभिव्यक्ति दिएकी छन्।
कांग्रेस र माओवादीसहितको संयुक्त सभालाई डडेल्धुरामा सम्बोधनका क्रममा उनले कांग्रेसले मेयर नजितेको ठाउँमा पैसा नपठाउने पनि चेतावनी दिएकी छन्।
'कांग्रेसको मेयर नै हुनुहुन्न भने हामीले किन पैसा पठाउँछौँ?,' प्रधानमन्त्री शेरबहादुर देउवा पत्नीले भनिन्, 'त्यसैले यो कुरालाई तपाईंहरुले ध्यान दिनुहोला। करुवा-सरुवा-हरुवा पार्टीहरूलाई भोट नहाल्नु होला, कांग्रेसको मेयर नभएको ठाउँमा पैसा पठाउनु जरुरी छैन।'
उनले सम्बोधनका क्रममा कांग्रेसबाट विद्रोह गरे डडेल्धुराका सबै पालिकामा नेपाली कांग्रेस बीपी खडा गरेर चुनावमा होमिएका पूर्व जिल्ला सभापति कर्ण मल्लप्रति पनि कटाक्ष गरिन्।
कांग्रेसबाट विद्रोह गरेर एमालेसँग तालमेल गर्दै मल्लले जिल्लाभर नै उम्मेदवारी खडा गरेपछि राणाले मल्ललाई करुवा-सरुवा-हरुवा भन्दै कटाक्ष गरेकी हुन्।
मल्लको पार्टी नेपाली कांग्रेस बीपीले डडेल्धुरामा करुवा चुनाव चिह्न लिएर आफ्ना प्रतिनिधि उठाएका छन्। त्यसैमाथि राणा खनिएकी हुन्।
भिडिओ
Shares
प्रतिक्रिया