नेपाल प्रहरीको आइजीपी बढुवाप्रति असन्तुष्टि जनाउँदै एआइजी विश्वराज पोखरेलले सर्वोच्चमा दायर गरेको रिट दर्ता भएको छ।
उनको रिटमाथि बुधबार पेशी तोकिएको छ।
सरकारले आइतबार धिरजप्रताप सिंहलाई आइजीपी बनाउने निर्णय गरेपछि असन्तुष्ट रहेका पोखरेलले सोमबार वारेसमार्फत रिट दायर गरेका थिए।
पोखरेलको रिट लिएर वारेस सुनीता राउत पुगेकी थिइन्। आइजीपी नियुक्ति विरुद्ध असन्तुष्ट रहेको भनिएका अर्का एआईजी सहकुल थापा भने अहिलेसम्म अदालत पुगेका छैनन्।
पोख्रेल भने आफू वरिष्ठ रहेको दाबी गर्दै आफैँलाई आईजीपी बनाउनुपर्ने मागसहित सर्वोच्च पुगेका हुन्। सिंहकै ब्याची भएपनि आफू पहिले एआईजी भएकाले आईजीपी हुनुपर्ने उनको माग छ।
आईजीपी थापाले सोमबार दर्ज्यानी चिह्न लगाइसकेका छन्।
177
Shares

प्रतिक्रिया