राजनीति


उपभोक्ता समितिका नाममा लुटतन्त्र हावीः देउवा

उपभोक्ता समितिका नाममा लुटतन्त्र हावीः देउवा

नेपालखबर
मंसिर ९, २०७६ सोमबार १६:४,

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्रको रक्षा र न्यायका लागि नेपाली कांग्रेसका पक्षमा मतदान गर्न सबैमा अपिल गरेका छन्।

पश्चिम दाङको श्रीगाउँमा आयोजना गरिएको चुनावीसभालाई सम्बोद्धन गर्दै उनले अहिलेको चुनाव सरकार बदल्ने नभई कम्युनिष्ट सरकारले राम्रो काम गरेका छैन भन्ने सन्देश दिनका लागि पनि नेपाली कांग्रेस जित्नुपर्ने आवश्यकता औंल्याए।

सभापति देउवाले देशमा उपभोक्ता समितिको नामबाट लुटतन्त्र भइरहेको उल्लेख गर्दै अहिलेको सरकारले राष्ट्रवादको नारा लगाउँदै चुनाव जितेको हो तर त्यो राष्ट्रवाद कालापानी, लिपुलेकमा गएर अहिले लम्पसारवादमा परिणत भएको आरोप लगाए।

पश्चिम दाङको विकास नेपाली कांग्रेसको पालामा नै भएको उल्लेख गर्दै उनले दाङमा हुन लागेको प्रदेशसभा सदस्यको उपनिर्वाचनमा आफ्नो पार्टीले त्याज्ञी, क्षमतावान् व्यक्तिलाई उम्मेदवार बनाएकाले उनलाई विजय गराउन आम मतदातालाई आग्रह गरे।

सभापति देउवाले आफ्नो पार्टीले महिला, आदिवासी, जनजातिलगायत सबै समुदायलाई समावेशी ढंगले समेटेको बताउँदै जनतालाई झुक्काएर भ्रममा पारेर चुनाव जित्ने पार्टी कांग्रेस नभएकाले राष्ट्रियता, समावेशी लोकतन्त्र, विकास र समृद्धिका लागि कांग्रेसलाई जिताउन सबैमा आग्रह गरे।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिलेको सरकारले जनताले दिएको विश्वासको दुरुपयोग गरेको आरोप लगाउँदै निष्ठालाई मूल्यांकन गरेर क्षमतावान् विकासप्रेमी नेपाली कांग्रेसका उम्मेदवारलाई मतदान गरी जिताउनुपर्नेमा जोड दिए।

महामन्त्री डा. शशांक कोइरालाले देशमा भएका महत्वपूर्ण विकासका काम कांग्रेसको पालामा भएको बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad