समाज


जंगली हात्तीको आक्रमणबाट मृत्यु भएका परिवारलाई रु १० लाख

जंगली हात्तीको आक्रमणबाट मृत्यु भएका परिवारलाई रु १० लाख

नेपालखबर
मंसिर ९, २०७६ सोमबार १५:५४,

जंगली हात्तीको आक्रमणबाट मृत्यु भएका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– १ गणेशपुरका ६५ वर्षीय बलदेव बोहराका परिवारलाई राहतस्वरुप रु १० लाखको चेक आज हस्तान्तरण गरिएको छ।

सुदूरपश्चिम प्रदेशसभा सदस्य लालबहादुर खड्का, डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख अजय मानन्धरलगायतले संयुक्तरुपमा मृतकका श्रीमती मैनादेवी बोहराको घरमै पुगेर राहत रकमको चेक हस्तान्तरण गरेका हुन्।

वन्यजन्तुबाट हुने क्षतिको राहत निर्देशिका २०६९ बमोजिम राहत रकम हस्तान्तरण गरिएको डिभिजन वन कार्यालयका प्रमुख अजय मानन्धरले बताए। बोहराको असोज २९ गते घर नजिकै हात्तीको आक्रमणमा परी मृत्यु भएको थियो।

यसअघि मृतकका परिवारलाई शुक्लाफाँटा नगरपालिकाले रु २५ हजार र राष्ट्रिय प्रकृति संरक्षण कोषले रु ५० हजार किरिया खर्चबापतको रकम छुट्टाछुट्टैरुपमा उपलब्ध गराएको थियो। यसैगरी सामुदायिक वन समन्वय समितिलेसमेत राहतस्वरुप रु २५ हजार रकम हस्तान्तरण गरेको थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad