ad ad

राजनीति


माडीमा राप्रपासँग तालमेल : एमालेका आचार्यले फिर्ता लिए उपमेयरको उम्मेदवारी

माडीमा राप्रपासँग तालमेल : एमालेका आचार्यले फिर्ता लिए उपमेयरको उम्मेदवारी

नेपालखबर
बैशाख १४, २०७९ बुधबार १७:२०, काठमाडौँ

चितवनको माडी नगरपालिकामा एमालेको तर्फबाट रेशमलाल आचार्यले उपमेयरमा दिएको उम्मेदवारी फिर्ता भएको छ। 

माडीमा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच चुनावी तालमेल गर्ने सहमतिअनुसार आचार्यले उम्मेदवारी फिर्ता लिएका हुन्। 

दुवै पार्टीले माडीमा बुधबार एक कार्यक्रम गरेर सहमति अनुसार आचार्यको उम्मेदवारी फिर्ता गरिएको हो। 

वैशाख १२ गते उम्मेदवारी दर्ताको दिन दुई पार्टीबीच अन्तिम समयमा तालमेल भएकोले आचार्यले एमालेका तर्फबाट उपमेयरमा उम्मेदवारी दिएका थिए।

कार्यक्रममा बोल्दै उपमेयरका उम्मेदवार आचार्यले पार्टीको एक असल कार्यकर्ता भएकाले तालमेलको भावनाअनुसार उम्मेदवारी फिर्ता लिएर पार्टीलाई सहयोग गरेको बताए। 

उनले उम्मेदवारी फिर्ता लिएर गठबन्धनका उम्मेदवारलाई जिताउन लागि पर्ने बताएका छन्। 

एमालेबाट माडीमा मेयरको उम्मेदवार ताराकाजी महतो छिन्। उपमेयरमा राप्रपाका मदन पौडेलले उम्मेदवारी दिएका छन्। 

उक्त कार्यक्रममा बोल्दै उपमेयरका उम्मेदवार पौडेलले गठबन्धनका उम्मेदवारलाई जिताउन लाग्ने बताए। 

कार्यक्रममा एमाले क्षेत्र नं. का अध्यक्ष श्याम विष्ट, प्रदेश कमिटी सदस्य सरस्वती विष्ट, एमाले प्रचार विभाग प्रमुख रविकिरण पौडेल, माडी नगर अध्यक्ष नारायण अधिकारी, सचिव श्रीप्रसाद दवाडी, माडी नगरपालिकाका मेयर उम्मेदवार ताराकाजी महतो, राप्रपाका जिल्ला प्रवक्ता राजु भण्डारी लगायत उपस्थित थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .