ad ad

राजनीति


नेपाल भारत समन्वय बैठक सम्पन्न, सीमाको कुरा उठेन

नेपाल भारत समन्वय बैठक सम्पन्न, सीमाको कुरा उठेन

नेपालखबर
मंसिर ६, २०७६ शुक्रबार १३:२९,

नेपाल र भारतका अधिकारीहरु सम्मिलित समन्वय बैठक शुक्रबार सकिएको छ। दुई देशका सुरक्षा प्रमुख तहमा द्विपक्षीय वार्ता भएको यो चौथो अवसर हो ।

बुधबारदेखि पोखरामा भएको बैठकमा नेपालको तर्फबाट सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालको नेतृत्वमा गृहमन्त्रालय, परराष्ट्र मन्त्रालय, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका बरिष्ठ अधिकृतहरुको सहभागिता थियो। भारतको तर्फबाट सशस्त्र सीमा बल (एसएसबी) का महानिर्देशक कुमार राजेश चन्द्रको नेतृत्वमा ६ सदस्यीय टोलीको सहभागिता रहेको थियो।

तीन दिनसम्म चलेको बैठकमा सीमा अतिक्रमणका बारे भने कुनै चर्चा भएन। सशस्त्र प्रहरी बलका अनुसार बैठकमा सीमावर्ती अपराध नियन्त्रणमा आपसी सहयोग आदान प्रदान गर्ने निर्णय भएको छ। यसैगरी, सुचनाको आदान प्रदान गर्ने र यसका लागि विभिन्न तहमा आवश्यकता अनुसार दुवै देशका सुरक्षा अधिकारीहरु सम्मिलित बैठकको आयोजना गर्ने निर्णय समेत भएको छ।

यस्तै चार्डपर्वका अवसरमा दुवै देशका नागरिकलाई सुरक्षित एवं सहज अवागमनको व्यवस्था मिलाउन दुवै देशका सुरक्षाकर्मी सम्मिलित सहायता कक्षलाई निरन्तरता दिइने सहमति भएको छ। सीमा व्यवस्थापनलाई मजवुद बनाई राख्न आवश्यकता अनुरुप संयुक्त अभ्यास गरिने सहमति भएको सो बैठकमा दुवै देशले आपसी समन्वयको लागि ‘नोडल अफिसर’ तोकिँदै आएकोमा सो कार्यलाई निरन्तरता दिइने निर्णय भएको छ।

दुवै देशका सुरक्षाकर्मीबाट नियमित रुपमा ‘गुडविल भिजिट’को आदान प्रदान गर्ने निर्णय भएको छ भने अन्तर्देशीय व्यवसायिक तालिमहरुमा दुवै देशका सुरक्षाकर्मीहरुको सहभागिता गराउने सहमति समेत भएको छ।

बैठकमा तेश्रो देशका नागरिकबाट नेपाल- भारत सीमा क्षेत्रमा हुनसक्ने अवैधानिक गतिविधि नियन्त्रणका लागि नेपाल र भारत दुवै देशका सुरक्षाकर्मीले निग्रानी बढाउने सहमति समेत भएको छ।
यसैगरी बैठकले पाँचौ नेपाल–भारत समन्वय बैठक आगामी वर्ष भारतमा हुने निर्णय गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .