राजनीति


गभर्नर निलम्बनप्रति शंकर पोखरेलको टिप्पणी: कटुवाल प्रकरणपछि माओवादीको अर्को गम्भीर भूल

गभर्नर निलम्बनप्रति शंकर पोखरेलको टिप्पणी: कटुवाल प्रकरणपछि माओवादीको अर्को गम्भीर भूल

फाइल तस्बिर : एमालेका महासचिव शंकर पोखरेल


नेपालखबर
चैत २६, २०७८ शनिबार १२:३९, काठमाडौँ

प्रमुख प्रतिपक्षी नेकपा एमालेका महासचिव शंकर पोखरेलले गभर्नर निलम्बन गरेर नेकपा माओवादी केन्द्रले गम्भीर भूल गरेको टिप्पणी गरेका छन्। 

सरकारले नेपाल राष्ट्र बैंकका गभर्नर अधिकारीलाई अर्थतन्त्र ध्वस्त पारेको तथा कार्यक्षमता अभाव भएको भन्दै शुक्रबारदेखि निलम्बन गरेको हो। 

यो निर्णयमा प्रतिक्रिया व्यक्त गर्दै प्रमुख प्रतिपक्ष दल एमालेका महासचिव पोखरेलले अर्थ मन्त्रालयको जिम्मेवारी पाएको सत्ता साझेदार माओवादी केन्द्रप्रति आक्रोश पोखेका हुन्।   

उनले प्रचण्ड प्रधानमन्त्री भएका बेला तत्कालीन प्रधान सेनापति रुक्माङ्गत कटुवाल हटाउन खोजेको घटनासँग जोडेका छन्। अहिले गभर्नर निलम्बन गरेर माओवादीले दोस्रोपटक गम्भीर भूल गरेको टिप्पणी पोखरेलले गरेका हुन्।   

‘कटुवाल प्रकरणपछि माओवादीको अर्को गम्भीर भूल हो– गभर्नरको निलम्बन,’ एमाले महासचिव पोखरेलले शनिबार सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘अर्थिक संकटको कारक अर्थमन्त्री र मुकदर्शक बनेका प्रम आफैं हुन्।’

याे पनि : कुन कानुनका आधारमा गभर्नर अधिकारी निलम्बनमा परे?

कटुवाल प्रकरणप्रति त अचेले स्वयं प्रचण्डले भूल भएको स्वीकार गर्दै पश्चाताप व्यक्त गर्न थालेका छन्।

याे पनि : रुक्मांगद कटुवाल प्रकरणमा बाबुराम र बादललाई सम्झिँदै प्रचण्डले गरे पश्चाताप

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad